सरकारले कुलमानलाई हटाएपछि कलाकारले के भने ?
_cTGVIuFUOl.png)
काठमाडौँ । देशलाई लोडसेडिङबाट मुक्त गराएको जस लिँदै आएका कुलमान घिसिङलाई सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको प्रति कलाकारहरूले असन्तुष्टि पोखका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको थियो ।
कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ले व्यङ्ग्य गर्दै फेसबुकमा लेखेका छन्, ‘कुलमानलाई भुलमान । सालोलाई पालो ।’ उनले स्ट्याटसको कमेन्टमा आफैँले गाएको ‘मन्त्रीज्यूको सालो’ गीतको सानो अंश पनि शेयर गरेका छन् ।
अभिनेत्री तथा निर्मात्री निता ढुंगानाले कुलमानलाई प्राधिकरणबाट निकाल्नेले कालो दिन देख्ने चेतावनी दिएकी छन् । उनले लेखेकी छन्, ‘के भइरहेको छ यहाँ ? गलत निर्णय, साँच्चिकै जसले निकाल्यो भोली कालो दिन देख्नेछ ।’
अभिनेता तथा कमेडियन हिमेश पन्तले पनि बत्ति बालेर खोज्दा पनि सरकारको काम नभेटिएकाले कुलमानलाई हटाएको भन्दै व्यङ्ग्य गरेका छन् ।
अभिनेत्री स्वस्तिमा खड्काले पनि फेसबुकमा कुलमानको तस्बिर राख्दै ‘गणतन्त्र !’ भनेर लेखेकी छन् ।
निर्देशक तथा अभिनेता निश्चल बस्नेतले अनेक गरेर कुलमानलाई हटाएको बताएका छन् । उनले लेखेका छन्, ‘अनेक गरेर कुलमानलाई हटाएछन् । सायद भ्रष्टहरूको पतन अब कसैले रोक्न सक्दैन । अब धेरै भयो ।’
अभिनेता हरिवंश आचार्यले फेसबुकमा कुलमानसँगको एक तस्बिर सेयर गर्दै लेखेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन् । अन्धकार बनाउन हुँदैन थियो ।’
अभिनेताहरू रमेश उप्रेती, कृष्ण मल्ल लगायत थुप्रै कलाकारले पनि कुलमान हटाइएकोमा विरोध गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजावादीको अराजक प्रदर्शनमा १५ जना सुरक्षाकर्मी घाइते
-
आजको घटनाको जिम्मेवार दुर्गा प्रसाईंः गृह मन्त्रालय
-
राजावादीको आन्दोलनमा सरकारले नै घुसपैठ गरायोः जनआन्दोलन परिचालन समिति
-
क्षतिबारे जानकारी दिन एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्ने
-
तीनकुनेको प्रदर्शनमा सहभागी एकजनाको मृत्यु
-
आगजनीका कारण बन्द भएको विमानस्थलको उडान सुचारु