पुटिनले उपहारमा ट्रम्पलाई दिए आफैँले कोरेको ट्रम्पको तस्बिर

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफूले बनाएको तस्बिर उपहार दिएका छन् । पुटिनले यस महिनाको सुरुमा मस्कोमा ट्रम्पका विशेष दूत स्टिभ विटकफको हातमा उक्त तस्बिर दिएका थिए । सोमबार पत्रकारको प्रश्नको जवाफ दिँदै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यो कुरा पुष्टि गरेका छन् ।
तर, यस सम्बन्धमा उनले थप कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् । विटकफले पहिलो पटक गत हप्ता एक अन्तरवार्तामा उपहारबारे उल्लेख गरेका थिए । विटकफले ट्रम्पलाई आफूले पुटिनको हातबाट पाएको तस्बिर दिएपछि उनी यसबाट प्रभावित भए र यसलाई सुन्दर भनेको भन्दै फक्स न्यूजले समाचारमा भनेको छ । अन्तरवार्ताको क्रममा, विटकफले पुटिनको उपहारलाई ‘दयाल’ बताएका थिए ।
गत वर्ष पेन्सिलभेनियामा एक चुनावी र्यालीमा ट्रम्पलाई गोली हानेको खबर सुनेपछि आफूले ट्रम्पका लागि प्रार्थना गरेको भनेर पुटिनले आफूलाई बताएको पनि विटकफले सम्झिए । युक्रेनमा जारी युद्ध अन्त्य गर्ने अमेरिका प्रयासरत छ । यसका लागि अमेरिकाले रुस र युक्रेनी प्रतिनिधिमण्डलसँग साउदी अरबमा छुट्टा छुट्टै वार्ता गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद राई पक्राउ परेको सदनलाई जानकारी
-
शिक्षकको आन्दोलन, विद्यार्थीको भविष्य र सरकारको अकर्मण्यता
-
रिह्याबमा मृत्यु प्रकरण : सञ्चालकसहित ३ जना पक्राउ
-
बोल्दा निरङ्कुश सरकारले आफ्नै मन्त्रीलाई बर्खास्त गर्यो : माओवादी केन्द्र
-
‘रक्सी चोर को ?’ भन्दै संसद्मा जुहारी
-
बालबालिकामा सकारात्मक सोच विकास गर्न शिक्षकहरूको आग्रह