शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

हिट भयो ट्रम्पको गोल्ड कार्ड योजना, पहिलो दिनमै बिक्यो १ हजार कार्ड

मङ्गलबार, १२ चैत २०८१, ११ : ४५
मङ्गलबार, १२ चैत २०८१

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गोल्ड कार्ड वा गोल्डेन भिसा योजनाको घोषणा गरेका थिए । यस योजना अन्तर्गत, ५० लाख डलर तिरेर विदेशीहरूले स्थायी अमेरिकी नागरिकता पाउन सक्नेछन् ।

ट्रम्प प्रशासनका एक शीर्ष मन्त्रीको दाबीलाई विश्वास गर्ने हो भने यो योजना निकै हिट साबित भएको छ अनि एक दिनमै एक हजार वटा गोल्ड कार्ड बिकेका छन् । 

यो अभिव्यक्ति अरू कसैको होइन ट्रम्प प्रशासनका वाणिज्य मन्त्री हावर्ड लुटनिकको हो । एउटा पोडकास्टमा उनले गोल्ड कार्ड योजना औपचारिक रूपमा दुई हप्ता पछि सुरु हुने बताए । तर योजना सुरु हुनुभन्दा पहिले नै एकै दिनमा एक हजार गोल्ड कार्डहरू बिक्री भइसकेको उनको भनाइ थियो । मानिसहरू यो कार्ड किन्न लाइनमा उभिरहेको उनको भनाइ छ । 

गोल्ड कार्ड योजनाका फाइदाहरू व्याख्या गर्दै लुटनिकले भने, ‘यदि तपाईँ अमेरिकी नागरिक हुनुहुन्छ भने, तपाईँले विश्वव्यापी कर तिर्नु पर्नेछ र बाहिरका मानिसहरू विश्वव्यापी कर तिर्न अमेरिका आउने छैनन् । यदि तपाईंसँग ग्रिन कार्ड छ वा अहिले गोल्ड कार्ड छ भने तपाईँ अमेरिकाको स्थायी बासिन्दा बन्न सक्नुहुन्छ र तपाईँले कर पनि तिर्नु पर्दैन । तपाईँ यहाँको नागरिक बन्न पनि सक्नुहुन्छ, नबन्न पनि सक्नुहुन्छ ।’

यस्ता छन् गोल्ड कार्डका नियमहरू

ट्रम्प प्रशासनले १० लाख गोल्ड कार्ड बेच्ने लक्ष्य राखेको छ । यी स कार्डहरू बेचेर सङ्कलन गरिएको पैसा देशको ऋण तिर्न प्रयोग गरिनेछ । गोल्ड कार्ड जारी गर्नु अघि, आवेदकको राम्ररी छानबिन गरिनेछ र आवेदक कानुन पालना गर्ने व्यक्ति हो वा होइन भनेर हेरिनेछ ।

गोल्ड कार्ड धारक गैरकानूनी गतिविधिमा संलग्न पाइएमा उसको गोल्ड कार्ड सदाको लागि रद्द हुन सक्नेछ । गोल्ड कार्ड योजनाले देशमा लगानी बढाउने ट्रम्प प्रशासनको दाबी छ । यो योजना ईबी–५ भिसाको विकल्प हो । यो भिसाको लागि दस लाख डलर तिर्नुपर्थ्यो । गोल्ड कार्डमा यो रकमलाई बढाएर ५० लाख डलर पुर्‍याइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप