कारको विक्री आम्दानीमा टेस्लालाई बीवाईडीले उछिन्यो

बेइजिङ । चिनियाँ कार निर्माता कम्पनी बीवाईडीले २०२४ को लागि आफ्नो वार्षिक आम्दानीको घोषणा गरेको छ । कम्पनीले दिएको पछिल्लो जानकारीका अनुसार कारको विक्री आम्दानीमा उसले अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लालाई उछिनेको छ ।
२०२४ मा कम्पनीको विक्री ७ खर्ब ७७ अर्ब युआन (१ खर्ब ७ अर्ब अमेरिकी डलर) रहेको छ । यो अघिल्लो वर्षको भन्दा २९ प्रतिशत धेरै हो ।
सोही अवधिमा टेस्लाको कूल आम्दानी ९७ अर्ब ७० करोड डलर थियो । बीवाईडीले टेस्लाको मोडल थ्रीलाई टक्कर दिन न्यून मूल्यका कार लन्च गरेको थियो । चीनको विद्युतीय कार बजारमा लामो समयदेखि टेस्लाको वचर्श्व थियो । तर गएको वर्ष कम्पनीको उक्त वर्चस्वलाई बीवाईडीले तोडेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध र सरकारी निकायको अगुवाइको जिम्मा पाएपछि विश्वभरबाट नै मस्कले नकारात्मक टिप्पणी खेपिरहेका छन् । २०२४ मा बीवाईडीले विश्व बजारमा १७ लाख ९० हजार थान कार बेचेको छ । सोही अवधिमा टेस्लाको विक्री १७ लाख ६० हजार थान थियो । आइतबार बीवाईडीले टेस्लालाई टक्कर दिन नयाँ कार लन्च गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छली र तस्करीमा सघाउन घुस खाने प्रहरीका सई पक्राउ
-
आईपीएलको सातौं खेलमा लखनउ विजयी, सनराइजर्स ५ विकेटले स्तब्ध
-
मातृशिशु मृत्युदर घटाउने अभियान सुरु
-
१२ बजे, १२ समाचार : चैत २१ देखि आन्दोलनलाई सशक्त बनाउने राजावादीको घोषणादेखि शिक्षा समिति सभापतिलाई शिक्षकले झम्टेसम्म
-
राजावादीको पत्रकार सम्मेलनअघि दुर्गा प्रसाईंले भेटे ज्ञानेन्द्र शाह
-
चैत २१ गतेदेखि आन्दोलनलाई सशक्त बनाउँदै लैजाने राजावादीको घोषणा