कुलमानलाई हटाएर सरकारले जनतालाई आक्रोशित बनाउने काम गर्यो : भुसाल
काठमाडौँ । पूर्वऊर्जामन्त्री तथा नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाएर सरकारले जनतालाई आक्रोशित बनाउने काम गरेको बताएकी छन् ।
मंगलबार रातोपाटीलाई प्रतिक्रिया दिँदै उनले सबै क्षेत्रमा असफल वर्तमान सरकारले करिब ४ महिना कार्यकाल बाँकी रहेको पदाधिकारीलाई हटाएर जनतालाई आक्रोशित तुल्याएको बनाइन् ।
उनले भनिन्, ‘नेपाललाई लोडसेडिङको समस्याबाट मुक्त गर्न उज्यालो नेपालको सफल व्यवस्थापक र सिङ्गो देशलाई विद्युतीकरण गर्ने अभियानलाई सफल बनाउने नेपाल विद्युत् प्राधिकरणको नेतृत्व गरिरहेका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णय सर्वथा गलत छ ।’
माओवादी पार्टी नेतृत्वको सरकार र पटक पटक मन्त्रालयको नेतृत्व गरेको बेला २ कार्यकाल कार्यकारी निर्देशकमा जिम्मेवारी पाएका कुलमान घिसिङले घाटामा गएको संस्थालाई नाफामा लगेको र जनतामा समेत स्थापित पात्र बन्न पुगेको भुसालले बताइन् ।
भुसालले कुलमानबारेको निर्णयले वर्तमान सरकार दलाल र माफियाको लागि कामका लागि बनेको स्पष्ट भएको जिकिर गरेकी छन् । उनले तत्काल निर्णय सच्याउन आग्रह समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा
-
यस्तो छ आज अमेरिकी डलर, युरो, पाउण्ड, रियाल, दिराम र दिनारको मूल्य
-
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस मनाइँदै
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो म्यान्सिटी, ग्वार्डिवला उत्साही
-
ला लिगामा बार्सिलोनाले अंक दुरी बढायो, रियाल मड्रिड दबाबमा
-
ठूला योजनामा लगानी जुटाउन वैकल्पिक विकास वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश