शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

एकै दिन दुई युवतीसँग बिहे गरेपछि बेहुला फरार

मङ्गलबार, १२ चैत २०८१, १० : ५६
मङ्गलबार, १२ चैत २०८१

लखनउ । एकै दिन दुई युवतीसँग बिहे गरेपछि बेहुला फरार भएका छन् । यसबारे प्रहरीमा उजुरी परेपछि उनी सम्पर्कविहीन भएको बताइएको छ ।

भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा उक्त घटना भएको हो । हरपुर बुदहट क्षेत्रमा एक युवकले एकै दिन दुई युवतीसँग अलगअलग विवाह गरेका हुन् ।

बिहान प्रेमिकासँग ‘कोर्ट म्यारिज’ गरेका उनले बेलुका घर–परिवारले खोजेकी युवतीसँग धार्मिक परम्पराअनुसार विवाह गरेका हुन् ।

बिहान ‘कोर्ट म्यारिज’ गरेकी प्रेमिकाले यसबारे थाहा पाएपछि युवकको घरमै पुगेर आफूहरूको विवाह भइसकेको जानकारी गराएकी थिइन् । युवकका परिवारले ती युवतीलाई गालीगलौज गरेर त्यहाँबाट लखेटेका थिए ।

त्यसपछि ती युवती प्रहरी कार्यालयमा पुगेर घटनाबारे जानकारी गराइन् । प्रेमिकाका अनुसार उनीहरूबिच चार वर्षअघि चिनजान भएको हो । बिस्तारै आपसमा प्रेम सम्बन्ध बनेको र मन्दिरमा विवाहसमेत गरिसकेको ती युवतीको दाबी छ ।

त्यसपछि ‘लिभ इन’ मा आफूहरू रहेको र यसबिचमा दुई पटक गर्भ बसेको तर प्रेमीकै आग्रहमा गर्भपात गराएको उनको जिकिर छ ।

प्रेमीको परिवारले उसको विवाह अन्यत्र गरिदिन खोजेपछि ‘कोर्ट म्यारिज’ गरेको ती युवतीले बताएकी छन् । तर कोर्ट म्यारिज गरेकै रात युवकले घर–परिवारको सल्लाहमा अर्को केटीसँग विवाह गरेको आरोप उनले लगाएकी छन् ।

गोरखपुरका एसपी जितेन्द्र कुमार श्रीवास्तवले यसबारे उजुरी आएको पुष्टि गरेका छन् । आरोपित युवकलाई छलफलका लागि बोलाइएको तर उनी यसबिचमै फरार भएको श्रीवास्तवको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप