शनिबार, १६ चैत २०८१
ताजा लोकप्रिय

जनार्दन शर्माद्वारा कुलमानको प्रशंसा

मङ्गलबार, १२ चैत २०८१, १० : २९
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले कुलमान घिसिङको प्रशंसा गरेका छन् । उनलाई मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेको थियो । 

तर शर्माले मंगलबार आफ्नो फेसबुकमार्फत लोडसेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गरे । 

उनले राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैँ पराजित हुने समेत बताएका छन् । 

उनले भनेका छन्, ‘पहिले पनि लखेटिएका कुलमानलाई संघर्ष गरेरै मैले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको कुरा स्मरण गर्दै, लोड सेडिङबाट आहत नागरिकलाई उज्यालो नेपालको हाम्रो सपना र योजनाको कार्यान्वयनमा कुलमानले खेलेको भूमिकाको प्रशंसा गर्दै भन्न चाहन्छु राम्रो काम गर्नेलाई लखेट्ने सोच, प्रवृत्ति र पात्रहरूले वेला वेलामा युद्ध जितेको आत्मसन्तुष्टि गरेपनि ती सधैँ पराजित नै हुनेछन् ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप