शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

धनगढी हाफ म्याराथनको ११औँ संस्करण वैशाख १ गते

मङ्गलबार, १२ चैत २०८१, १० : ०९
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । धनगढी हाफ म्याराथनको ११औँ संस्करण २०८२ सालको वैशाख १ गते आयोजना हुने भएको छ । ‘अब धनगढी दौडन्छ’ भन्ने नाराका साथ आयोजना हुने धनगढी हाफ म्याराथन नयाँ वर्षको दिन आयोजना गरिने जानकारी आयोजक धनगढी जेसिजले दिएको हो । 

धनगढी हाफ म्याराथनको विजेताले ७५ हजार, उपविजेताले ५० हजार र तेस्रो हुने खेलाडीले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जानकारी प्रतियोगिताका संयोजक तथा धनगढी जेसिज २०२५ का कार्यकारी उपाध्यक्ष दीपक गौतमले दिए । 

धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड हुँदै पुनः धनगढी रंगशालामा पुगेर सम्पन्न हुनेछ । प्रतियोगितामा महिला कर्पोरेट र सञ्चारतर्फको पाँच किलोमिटरको दौड पनि समावेश गरिएको आयोजकले जनाएको छ । 

दुईवटै विधाका विजेताले सात हजार पाँच सय, उपविजेताले पाँच हजार र तेस्रो हुनेले दुई हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । धनगढी जेसिजले सन् २०१४ देखि नयाँ वर्षको अवसरमा धनगढी हाफ म्याराथन आयोजना गर्दै आएको छ । 

गत वर्ष सम्पन्न १०औँ संस्करणदेखि नेपाल एथलेटिक्स संघबाट स्वीकृति प्राप्त गरेकाले धनगढी हाफ म्याराथनमा कुनै कीर्तिमान बनेमा त्यसले पनि मान्यता पाउने जानकारी धनगढी जेसिजका महासचिव आशिष शाहले दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप