एभरेस्ट बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना
मङ्गलबार, १२ चैत २०८१, ०९ : ३९

काठमाडौँ । एभरेस्ट बैंकले ग्लोबल मनी विक २०२५ को उपलक्ष्यमा देशभर वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ । उक्त कार्यक्रम अन्तर्गत बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्कुल तथा क्याम्पसहरूमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी झण्डै ३ हजार भन्दा बढी विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिएको हो ।
उक्त कार्यक्रममा केही विद्यार्थीहरूलाई बैंकको शाखा अवलोकन गराई बैंकले दिने सेवा सम्बन्धी जानकारी गराइएको छ । त्यस्तै युवाहरूमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, वित्तीय सचेतना, सुरक्षित डिजिटल कारोबार, बैंकहरूले दिने सेवा र यसमा अपनाउनु पर्ने सावधानीका विषयहरूमा सचेतना कार्यक्रम समेत आयोजना गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सागसब्जी र फलफूलको थोक मूल्य
-
मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च (तस्बिरहरू)
-
एसईई दिने विद्यार्थीले सवारी साधन नपाए काठमाडौँ महानगर प्रहरीले गन्तव्यमा पुर्याइदिने
-
तौल घटाउन ग्रिन टी पिउने सही तरिका के हो ?
-
सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
जसपा नेपालले परिसङ्घ गठन गर्ने