त्रिचन्द्र क्याम्पसका सात विद्यार्थी संगठनले मागे स्ववियु निर्वाचन अधिकृतको राजीनामा

काठमाडौँ । त्रिचन्द्र क्याम्पसमा सात विद्यार्थी संगठनले स्ववियु निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन्। आफूहरूसँग समन्वय नै स्ववियु निर्वाचनको मिति घोषणा गरेको भन्दै विभिन्न ७ नगरी स्ववियु निर्वाचन मिति तोकिएको भन्दै राजीनामा माग गरेका हुन्।
अनेरास्ववियु, अनेरास्ववियू, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी बहुमत,अनेरास्ववियू समाजवादी,अनेरास्ववियु छैटौँ र नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले संयुक्त विज्ञप्ति जारी गर्दै राजीनामा माग गरेका हुन्।
विवादास्पद निर्वाचन अधिकृतले तुरुन्तै राजीनामा गरी निष्पक्ष निर्वाचन समितिका लागि मार्ग प्रशस्त गर्न माग गरेका छन्। क्याम्पस प्रशासनले १२ सय फर्जीकार्ड प्रकाशन गरेर निर्वाचनलाई प्रभावित बनाएर अमुक संगठनलाई जिताउन लागि परेको उनीहरूको माग छ । त्रिचन्द्रमा भोलि चैत १३ गतेका लागि स्ववियु निर्वाचन मिति तोकिएको थियो।
नेविसंघको असन्तुष्ट पक्षले समेत तालाबन्दी गर्दै क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको राजीनामा माग गरेको छ। आफूहरूलाई बेवास्ता गरी निर्वाचनको प्रक्रिया अगाडी बढाएको भन्दै नेविसंघको असन्तुष्ट समूहले समेत क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई क्याम्पस प्रवेशमा रोक लगाएको छ। उनीहरूलाई क्याम्पस प्रवेश निषेध गरिएको ब्यानर टाँसेर तालाबन्दी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपा लिगको सेमीफाइनल समीकरण पुरा : को-को पुगे अन्तिम चारमा ?
-
फ्रान्सको लियोंलाई हराउँदै म्यान्चेस्टर युनाइटेड युरोपा लिगको सेमीफाइनलमा
-
विदेशी मुद्रा, आज कसको मूल्य कति ?
-
आज विश्व सम्पदा दिवस मनाइँदै
-
आजदेखि तीन दिन कञ्चनजङ्घा हीरक महोत्सव मनाइँदै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश