शुक्रबार, १५ चैत २०८१
ताजा लोकप्रिय

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा विद्यार्थी तथा युवा लक्षित कार्यक्रम आयोजना

मङ्गलबार, १२ चैत २०८१, ०९ : २१
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५को अवसरमा विद्यार्थी तथा युवाहरू लक्षित वित्तीय साक्षरता कार्यक्रमहरू सप्ताहव्यापी रूपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरू सातवटै प्रदेशहरूमा सञ्चालन गरेको हो । 

बैंकले आयोजना गरेका विभिन्न कार्यक्रमहरूमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवाहरूको सहभागिता रहेको थियो । यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरूले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरू वित्तीय सचेतना अभिवृद्धि ब्यानर सहित सहभागी भएका थिए । 

ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरूमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ प्रवर्द्धन कार्यक्रमहरू सञ्चालन गर्ने उद्देश्य राखेको छ । 

कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवाहरू, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप