बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

नेपाली बजारमा जेडटीईको पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

मङ्गलबार, १२ चैत २०८१, ०९ : १९
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । जेडटीई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ । 

ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रूपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआई क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यसमा स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको र्‍याम छ । यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।

त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८एमपीको एआई क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यसमा अक्टाकोर प्रोसेसर र ६ जिबीको र्‍याम छ ।

अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडी प्लस डिस्प्ले र १२८ जिबीको स्टोरेज र १३ एमपीको एआई डुअल क्यामेरा रहेको छ । साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टी टास्किङलाई झनै सहज बनाएको छ ।

जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआई एडिटिङ टुलहरु भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि केही नहुने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडी प्लस डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ । यसमा १६ जिबीको र्‍याम  र १२८ जिबीको स्टोरेज, डीटीएस अडियो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप