नेपाली बजारमा जेडटीईको पुनरागमन, ब्लेड ए र नुबिया सिरिजका ५ वटा मोडल सार्वजनिक

काठमाडौँ । जेडटीई कर्पोरेशनले आफ्नो ब्लेड ए र नुबिया सिरिजका ५ स्मार्टफोन मोडलहरू सार्वजनिक गर्दै नेपालमा पुनः प्रवेश गरेको छ ।
ब्लेड सिरिजको सबैभन्दा उत्कृष्ट फोनको रूपमा जेडटीई ब्लेड ए७५ रहेको छ । यसमा ६.६ इन्चको ९० हर्ज डिस्प्ले, शक्तिशाली अक्टा–कोर प्रोसेसर, ५० एमपीको एआई क्यामरा, २२.५ वाटको फास्ट चार्जिङ र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यसमा स्लिक डिजाइन, २५६ जिबिको स्टोरेज र १४ जिबिको र्याम छ । यसमा लाइभ आइल्याण्ड पनि छ जसले नोटिफिकेसन र सर्टकटहरूमा सहज र तत्काल पहुँच प्रदान गर्दछ ।
त्यस्तै सामान्य प्रयोगको लागि जेडटीई ब्लेड ए३५ कम्प्याक्ट डिजाइन र ६.५२ इन्चको एचडि प्लस डिस्प्लेमा आएको छ । यसमा ८एमपीको एआई क्यामरा र ५,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । यसमा अक्टाकोर प्रोसेसर र ६ जिबीको र्याम छ ।
अर्को मोडल जेडटीई ब्लेड ए५५ मा ६.७५ इन्चको एचडी प्लस डिस्प्ले र १२८ जिबीको स्टोरेज र १३ एमपीको एआई डुअल क्यामेरा रहेको छ । साथै फेस र फिंगर प्रिन्ट रिकग्निसनले थप सुरक्षा प्रदान गरेको छ भने लाइभ आइल्याण्ड फिचरले मल्टी टास्किङलाई झनै सहज बनाएको छ ।
जेडटीई नुबिया भी७० म्याक्समा ६.९ इन्चको १२० हर्ज डिस्प्ले र ६,००० एमएएचको शक्तिशाली ब्याट्री रहेको छ । ५० एमपीको अल्ट्रा ट्रिपल क्यामेरा र एआई एडिटिङ टुलहरु भएको यस भी७० म्याक्स १.५ मिटर माथिबाट खस्दा पनि केही नहुने कम्पनीले दाबी गरेको छ ।
त्यस्तै जेडटीई नुबिया भी७० डिजाइनमा १२० हर्जको ६.७इन्च एचडी प्लस डिस्प्ले, स्टाइलिश स्काई–मिरर ग्लास र लेदर–टेक्स्चर्ड डिजाइन, ५० एमपीको अल्ट्रा ट्रिपल क्यामरा रहेको छ । यसमा १६ जिबीको र्याम र १२८ जिबीको स्टोरेज, डीटीएस अडियो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल प्रहरीमा खुल्यो नयाँ भर्ना (सूचनासहित)
-
राजधानीमा संरचना निर्माणको काम छिटै अगाडि बढ्छ : मुख्यमन्त्री शाह
-
राजावादी र समाजवादी मोर्चाको जनप्रदर्शन, सुरक्षा सतर्कता बढाइयो
-
जग्गा हस्तान्तरण नहुँदा राजधानीका संरचना निर्माणमा ढिलाइ ः पूर्वमुख्यमन्त्री भट्ट
-
तस्बिरमा सिस्ने हिमाल
-
अर्थ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची