ट्रक आफै अनियन्त्रित भई त्रिशूलीमा खस्यो
मङ्गलबार, १२ चैत २०८१, ०९ : ०३

काठमाडौँ । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ । नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो ।
घटनालगत्तै प्रहरी चौकी जुगेडीबाट खटेको प्रहरी नायव निरीक्षक ठाकुर प्रसाद पनेरुको कमान्डको टोलीले चालक र सहचालकको उद्धार गरेको छ ।
यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ । सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ ।
सवारी साधनमा पूर्ण रूपमा क्षति भएको र ट्रकको आधा भाग त्रिशूली नदीमा डुबेको अवस्थामा रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान घिसिङको समर्थनमा प्रदर्शन गरेको आरोपमा एकजना पक्राउ
-
‘चितवन भण्डारा दोस्रो खानेपानी आयोजनाबाट राप्तीका १६ हजारभन्दा बढीलाई प्रत्यक्ष लाभ पुग्छ’
-
गण्डकीको आगामी बजेट साढे ३ अर्ब घट्ने
-
एपीएफ तिलोत्तमा गोल्डकपको उपाधिनजिक
-
'दिगो सहरी विकास र सुशासनका लागि सरकार प्रतिबद्ध छ'
-
अर्घाखाँचीमा यात्रु बस दुर्घटना, ३ जनाको घटनास्थमै मृत्यु