बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

'कुलमान नेपाली कुलकै उज्यालो हुन्, अन्धकार बनाउन हुँदैनथ्यो'

मङ्गलबार, १२ चैत २०८१, ०८ : ०७
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी  प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णय चौतर्फी आलोचित भइरहेको छ । राजनीतिक दलका नेतादेखि कलाकारसम्मले सरकारको यस निर्णयको विरोध गरिरहेका छन् । 

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले पनि यस विषयमा सरकारको आलोचना गरेका छन् । उज्यालोको नायक मानिएका घिसिङलाई हटाएर सरकारले ठिक नगरेको उनको भनाइ छ । 

उनले भनेका छन्– 'कुलमान नेपाली कुलकै उज्यालो हुन ।अन्धकार बनाउन हुँदैन थियो ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप