बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कुलमानलाई हटाएकोप्रति शेखर कोइरालाको प्रतिक्रिया– 'विनाशकाले विपरीत बुद्धि'

मङ्गलबार, १२ चैत २०८१, ०६ : २१
मङ्गलबार, १२ चैत २०८१

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ । सत्तारुढ दलहरूले पनि सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन् । 

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पनि यस विषयमा मुख खोलेका छन् । उनले यस कदमलाई सरकारको कुशासनको निरन्तरताको अर्को कडी भनेका छन् । 

उनले लेखेका छन्– 'कुलमान घिसिङलाई हटाउने सरकारी निर्णयको पुष्टि न कहिल्यै सरकारले गर्न सक्छ, न पार्टीले । नेपाली कांग्रेसले त यसको स्वामित्व लिनै हुन्न । यसरी कति दिन चल्ने र चलाउने ? विनाशकाले विपरीत बुद्धि ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप