बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

गणेशजीको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल

मङ्गलबार, १२ चैत २०८१, ०५ : १३
मङ्गलबार, १२ चैत २०८१

श्री गणेशाय नमः
आज २०८१ साल चैत्र १२ गते,  मंगलबार । ईश्वी सन् २०२५ मार्च २५ तारिख । नेपाल संवत् ११४५ । कालयुक्तनाम संवत्सर । उत्तरायणं । वसन्त ऋतु । श्रीशाके १९४६ । चैत्र कृष्णपक्ष । तिथि–एकादशी, ४४ घडी ४६ पला, बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–श्रवण, ४६ घडी ३ पला, रातको १२ बजेर ३० मिनेट उप्रान्त धनिष्ठा । योग–शिव, १३ घडी ५७ पला, बिहान ११ बजेर ३९ मिनेट उप्रान्त सिद्ध । करण–बव, दिउँसो १२ बजेर २६ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ५९ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–लुम्ब योग । चन्द्रराशि–मकर । काठमाडौंमा सूर्योदय बिहान ०६ बजेर ५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १७ मिनेट । दिनमान ३० घडी ३१ पला ।

आजको बार बेला  
बिहान ०६ बजेर ५ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ७ मिनेटदेखि बिहान ७ बजेर ३६ मिनेटसम्म उद्धेग बेला ।
बिहान ७ बजेर ३८ मिनेटदेखि बिहान ९ बजेर ८ मिनेटसम्म चर  बेला ।
बिहान ०९ बजेर ९ मिनेटदेखि बिहान १० बजेर ३९ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ४१ मिनेटदेखि बिहान १२ बजेर ११ मिनेटसम्म अमृत बेला ।
मध्यान्ह १२ बजेर १२ मिनेटदेखि दिउँसो १ बजेर ४२ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर ४३ मिनेटदेखि दिउँसो ३ बजेर १४ मिनेटसम्म शुभ बेला ।
दिउँसो ४  बजेर १५ मिनेटदेखि बेलुकी ४ बजेर ४५ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ४६ मिनेटदेखि बेलुकी ७ बजेर ४५ मिनेटसम्म काल बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
दिउँसो ३ बजेर १३ मिनेटदेखि बेलुकी ४ बजेर ४५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रम्हा मुहुर्त
बिहान ४ बजेर ३० मिनेटदेखि बिहान ५ बजेर १८ मिनेटसम्म ब्रम्हा मुहुर्त रहनेछ ।

आजको राशिफल
मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ) कर्मभावमा गोचर गर्ने चन्द्रमाले सकारात्मक सोचको विकास हुनेछ भने नयाँ प्रविधिको प्रयोग गरी समय अनुसार अपडेट होइनेछ । व्यापार, शेयरबजार तथा व्यवसायमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । कामको खोजीमा हुनेहरुले नयाँ काम पाउने तथा गरिरहनेहरु बढुवा हुन सक्ने योग रहेकोछ । प्रेममा नजिक हुने समय रहेकोछ भने घर परिवारमा सबैको सल्लाह सुझाव पाइने हुनाले मन प्रशन्न रहनेछ । फिल्मी तथा मनोरञ्जनको क्षेत्रमा कामगर्नेहरुका लागि समय उत्तम रहेकाछ ।  
 
बृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) कल्याणकारी तथा तारिफयोग्ग काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो प्रयत्नले ठुला कामहरु बन्नेछन् । धर्म तथा अध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिरतिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृड हुनेछ । लेखन कलाको माध्ययबाट आफ्ना विचारहरु मनमानसमा लैजान सकिनेछ । अध्ययन वा कामको शिलशिलामा लामो दुरीको यात्रा हुने योग रहेकाछ ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा) सवारी साधनको प्रयोग गर्दा वा चलाउदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरु साघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो) अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउनेछ । तथा व्यापार वा शेयरबजारबाट नाफा कमाउन सकिनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अघि बढ्न सकिनेछ भने माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यतित गर्दा खुशी भएको महशुस गर्नेछन् । व्यापारकै शिलशिलामा यात्रा हुने योग रहेकोछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे) मुद्दा मामिला तथा न्यायिक निर्णयहरु तपाईंकै पक्षमा फैसला हुने समय रहेकोछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईंको नाम अग्र स्थानमा आउनेछ । व्यापार फस्टाएर जाने हुनाले अर्थ संग्रह मनग्गे गर्न सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराउदै अग्र पंत्तिमा आउन सकिनेछ ।  पुराना ऋण तथा समस्याहरु हल भएर जानेछ । मामा तथा मावली पक्षको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो) लामो समयदेखि थाती रहेको काम बन्नेछ । विभिन्न अवसरको सदुपयोग गरि मनग्गे धन तथा सम्पत्ति संग्रह गर्न सकिनेछ । आर्थिक मुद्दाहरु हल भएर जानेछन् भने मित्रहरुको सहयोग रहनाले समयमा कामहरु बन्नेछन् । पढाइ लेखाइमा पहिले भन्दा सुधार भएर जानेछ भने अलिक बढी मेहनेत गर्दा नतिजा आफैतिर ल्याउन सकिनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने हुँदा मन प्रफुल्ल हुनेछ । अध्ययनको शिलशिलामा यात्रा गर्न सकिने समय रहेकोछ ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते) माया प्रेममा अविश्वास सिर्जना हुनेछ भने घर परिवारमा आमासँग मनमुटाव उत्पन्न हुनेछ । अन्य काममा व्यस्त हुँदा पढाइ लेखाइ कमजोर रहनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गरे पनि पद प्रतिष्ठा नपाइने हुनाले मन खिन्न हुनेछ । व्यापार व्यवसायमा अरुदिन भन्दा ज्यादा समय खर्चिनु पर्नेछ । र, पनि कृषि तथा पशुपालन व्यवसायमा समय लगानी गर्नेहरुले आम्दानी गर्न सक्नेछन् ।

बृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु) वनभोज तथा यस्तै समारोहमा जमघट भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । छोटो दुरीको परिणाममूखि यात्राको तय हुनेछ भने खेलकूद तथा अन्य क्रियाकलापमा समय दिनेहरुले राम्रो सफलता प्राप्त गर्न सक्नेछन् । उद्योग, शेयर तथा व्यापारमा लगानी बढाई भनेजस्तो नाफा कमाउन सकिनेछ । माया प्रेममाको गाठो कसिलो हुनुको साथै दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । पराक्रम बढेर जानेछ भने दाजुभाई तथा अन्य ईष्टमित्रबाट सहयोग हुने हुँदा मन खुशी रहनेछ । छोटो दुरीको यात्रा तय हुनेछ ।  

धनु (ये,यो,भा,भि,भू,ध,फा,ढा,भे)  अध्ययन अध्यापनमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । आयआर्जनमा वृद्धि हुनेछ । नयाँ कामको थालनी हुनेछ । ठुला व्यक्तिको सहयोगमा विशेष काम सम्पन्न हुनेछ । आफन्त तथा कुटुम्बसँगको सम्बन्धमा आत्मियताको बढोत्तरी हुने योग रहेकोछ । बन्द व्यापारमा राम्रै फड्को मार्न सकिने समय रहेकोछ ।  प्रेममा रमाउन चाहनेहरुका लागि समय उत्तम रहेकोछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गी) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई हराउदै अगाडि बढ्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुनेछन् । सुन्दर तथा विलाशी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । उत्तम बस्त्र, मनपर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेकोछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा) स्वास्थको विशेष ख्याल गर्नुहोला औषधि उपचार खर्च बढर जानेछ । आर्थिक अवस्था कमजोर हुने तथा खर्च बढेर जानेछ । आफन्त तथा साथीभाइहरुले खासै सहयोग गर्ने छैनन् । पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । कामलाई दोहोर्‍याएर गर्नु पर्दा मानसिक तनाब बढ्नेछ । स्वदेशमा उत्पादित सामानको व्यापारमा मन्दी आउने भएपनि विदेशमा उत्पादित सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,ची) पढाइ लेखाइमा मन जाने हुनाले सफलता प्राप्त गर्न सकिनेछ । माया प्रेममा नजिक हुने तथा नयाँ ठाउबाट प्रेम प्रस्ताव आउनेछ ।  ईच्छा आकांक्षा पुरा गर्न सकिनेछ ।  फिल्मी तथा मनोरञ्जनको क्षेत्रमा समय र धन लगानी गरि नाफा कमाउन सकिनेछ । वित्तीय बजारमा आज गरिने लगानीबाट आम्दानी बढाउन सकिनेछ । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ ।

तपाईंको दिन शुभ रहोस्, 
-ज्योतिषी दुर्गा प्रसाद भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप