‘जनताले राम्रो मानेकाहरूलाई दुःख दिन सफल भएकोमा सरकारलाई बधाई’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयको आलोचना गरेकी छन् । सरकारले कुलमान घिसिङलाई कारबाही गरेर जनताको आक्रोश थप बढाउने काम गरेको उनले बताएकी हुन् ।
सामाजिक सञ्जालमा कार्कीले लेखेकी छन्, ‘दुई तिहाइको सरकारले एक जना सक्षम कर्मचारी जसले १८ घण्टा लामो लोडसेडिङको अन्धकारबाट यो देशका जनतालाई मुक्त गरायो उसलाई कारबाही गरेर पदबाट हटाएर जनताको आक्रोशको आगोमा मट्टितेल थप्ने काम गरेको छ । कहिले रवि, कहिले बालेन त कहिले कुलमान, छानिछानी जनताले राम्रो मानेकाहरूलाई दुःख दिन सफल भएकोमा लोकतन्त्रको खोल ओढेको दुई तिहाइको सरकारलाई बधाई छ ।’
उनले सरकारको निर्णयमाथि प्रश्न र प्रतिरोध दुवै गरिने उनले बताएकी छन् । ‘खबरदार लुटतन्त्रका ठेकदारहरू,’ उनको भनाई छ । नेपाल सरकार मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले घिसिङलाई पदबाट हटाउने निर्णय गरेको थियो । उनको स्थानमा हितेन्द्र देव शाक्यलाई नयाँ कार्यकारी निर्देशक नियुक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
१ करोड १३ लाख मानिसले ‘कहिलै नफर्कने गरी’ छाडे जन्मस्थान
-
अमेरिकी डलर, युरो, पाउण्ड तथा अष्ट्रेलियन डलरको मूल्य कति ? यस्तो छ विदेबी मुद्राको किनबेचदर
-
आज चैत्र कृष्ण औँसी, काठमाडौं उपत्यकामा घोडेजात्रा
-
कोरियाबाट फर्केर सामूहिक कृषि फार्म सञ्चालन
-
चिनी उत्पादन अनुपातमा कमी
-
आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्सको लगातार दोस्रो जित, चेन्नईलाई चड्कन