बिहीबार, २८ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
न्यायालय

पिताबाटै बलात्कार, आमाले साथ नदिए पनि नेपाली चेलीले भारतमा पाइन् न्याय

सोमबार, ११ चैत २०८१, २१ : ५५
सोमबार, ११ चैत २०८१

काठमाडौँ । आफ्नै पिताबाट बलात्कृत भएकी एक नेपाली चेलीले भारतको अदालतबाट न्याय पाएकी छन् । पीडित किशोरीका पितालाई अदालतले आजीवन कारावासको सजाय सुनाएको छ ।

पीडित किशोरीका परिवार भारतको हैदरावादमा बस्दै आएको बताइएको छ । किशोरी र उनको परिवारको परिचय गोप्य राखिएपनि भारतीय सञ्चारमाध्यमले पीडित नेपाली रहेको जनाएका छन् ।

सन् २०२३ मा ती किशोरीलाई आफ्नै पिताले बलात्कार गरेका थिए । मुद्दा प्रक्रिया अघि बढाइएपछि पीडित किशोरीलाई आमाले समेत साथ नदिएको बताइएको छ ।

  पोक्सो मामिलाको विशेष अदालतले किशोरीलाई हिम्मत नहारी कानुनी लडाइँ लडेकोमा ढाडससमेत दिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार किशोरीका परिवार नेपालबाट हैदरावादमा पुगेर मजदुरी गर्दै आएको थियो । घरमा सुतिरहेको समयमा किशोरीलाई मादक पदार्थ सेवन गरेर आएका पिताले चक्कु देखाएर धम्की दिँदै बलात्कार गरेका थिए । 

आमालाई किशोरीले घटनाबारे जानकारी गराएपछि भोलिपल्ट आमाछोरी नै डोमलगुडा प्रहरी कार्यालयमा पुगेर उजुरी दिएका थिए । सोही आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरेको थियो ।

  मुद्दा प्रक्रिया अघि बढाइएपछि भने आमाले समेत किशोरीको साथ छाडेकी थिइन् । उनले अदालतमा आफ्नो बयान फेरेको बताइएको छ । तर, अदालतले ११ जना साक्षी, १४ प्रमाण र घटनासँग सम्बन्धित तीन विभिन्न सामग्रीका साथै पीडितकी आमाले उजुरीका समयमा दिएको बयानलाई समेत आधार मानेर आरोपितलाई दोषी ठहर गर्दै सजाय तोकेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप