टीआरसी टुंग्याउन सर्च कमिटी गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सरकारले संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउन सर्च कमिटी गठन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ओम प्रकाश मिश्रको अध्यक्षतामा कमिटी गठन गर्ने निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश समेत रहेका मिश्रको अध्यक्षतामा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष, तीनले तोकेको आयोगका सदस्य १ जना, पूर्वमहान्याधिवक्ता खम्बबहादुर खाती, डा.अर्जुनकुमार कार्की, स्टेला तामाङ सदस्य रहेको सर्च कमिटी गठन भएको गुरुङले बताए । यसअघि मिश्र नेतृत्वको सर्च कमिटी आयोगका पदाधिकारी सिफारिस गर्न असफल भएपनि सोही कमिटीलाई सरकारले निरन्तरता दिएको हो ।
आजै मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको भेटवार्ताले संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति गरेको थियो । सोहीअनुसार सर्च कमिटी बनाउने निर्णय भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ण समानुपातिक निर्वाचन प्रणालीको अभ्यासमा तत्काल जुट्नुपर्छ : सांसद गौतम
-
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
-
यो सिजन दोस्रो पटक आमनेसामने हुँदै कोलकाता र पञ्जाब
-
कोशीमा पर्यटन वर्ष सुरूसँगै पर्यटकको चहलपहल बढ्यो
-
जनमत–नागरिक उन्मुक्ति एकता : मतदाता परिचय पत्रसहित बैठकमा उपस्थित हुन जनमतको आग्रह
-
सरकार र आन्दोलनरत शिक्षकबिच वार्ता : छलफललाई निरन्तरता दिने सहमति