मैदानमा हृदयाघात भएका बंगलादेशका पूर्वकप्तानको अवस्था कस्तो छ ?

ढाका । खेलको क्रममा हृदयघात भएपछि बंगलादेशका क्रिकेटर तमिम इकबाललाई अस्पतालमा डाक्टरहरूको कडा निगरानीमा राखिएको छ। घटना हुँदा बंगलादेशका पूर्व कप्तान ढाका प्रिमियर डिभिजन लिग क्रिकेट खेलमा एक टोलीको कप्तानको रूपमा भाग लिइरहेका थिए।
खेल सुरु भएपछि उनले एक ओभर मात्र फिल्डिङ गर्न सके। यस क्रममा उनले आफ्नो छातीमा दुखाइ महसुस गरे। डाक्टरहरूले तमिम इकबालको धमनीहरू अवरुद्ध भएको र उनको एन्जियोग्राफी गरिएको बताएका छन्।
क्रिकेट कभरेज वेबसाइट क्रिकइन्फोका अनुसार यस खेलमा तमिम इकबाल मोहम्मद स्पोर्टिङ क्लबको कप्तानी गरिरहेका थिए। म्याच रेफ्रीले यो घटना खेलको पहिलो इनिङ्समा भएको बताएका छन्।
तमिम इकबालको फेसबुक पेजका अनुसार , ‘आज बिहान टसपछि, उनले तुरुन्तै टोलीका फिजियो र प्रशिक्षकलाई आफ्नो छातीमा हल्का दुखाइ महसुस भइरहेको जानकारी गराका थिए । सुरुमा उनलाई ग्यास्ट्रिकको समस्या भएको लागेको थियो र त्यसैले उनले यसको लागि औषधि सेवन गरे। तर, जब उनको अवस्थामा सुधार भएन, सावधानीका रूपमा उनलाई नजिकैको अस्पताल लगियो।’
त्यहाँ थप भनिएको छ, ‘टोली प्रबन्धकसँग परामर्श गरेपछि, उनको राम्रो उपचारको लागि हेलिकप्टरको व्यवस्था गरिएको थियो। परीक्षण पछि, उनको मुटुमा अवरोध भएको पत्ता लाग्यो।’
मुख्य क्रिकेट प्रशिक्षक मोन्टो दत्ताले टसको समयमा तमिम पूर्ण रूपमा ठिक रहेको बताए। प्रशिक्षक दत्ता भन्छन्, ‘जब उनको अवस्था बिग्रियो, उनी मैदानबाट बाहिरिए र आफ्नो कारमा अस्पताल गए। डाक्टरहरूले उनलाई फेरि मैदानमा जान दिन चाहेका थिएनन्, तर तमिम अझै पनि फर्किए । पछि एयर एम्बुलेन्समा उनलाई फेरि त्यही अस्पतालमा ल्याइयो जहाँ उनको फेरि परीक्षण गरियो।’
उनको एन्जियोग्राम र एन्जियोग्राफी डाक्टरहरूको सल्लाहमा गरिएको छ। उनलाई विशेष कार्डियोलोजी युनिटमा डाक्टरहरूको कडा निगरानीमा राखिएको छ। फेसबुक पोस्टमा तमिम इकबालको स्वास्थ्यलाभको लागि प्रार्थना गर्न अपिल पनि गरिएको थियो।
जुलाई २०२३ मा, तमिम इकबालले अचानक पत्रकार सम्मेलन बोलाएर अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेर सबैलाई चकित बनाएका थिए । यो निर्णय यसकारण पनि अचम्मलाग्दो थियो किनकि तीन महिनापछि भारतमा एकदिवसीय विश्वकप हुनेवाला थियो। सन् २०२१ को टी-२० विश्वकप अघि तमिमले टी-२० क्रिकेटबाट विश्राम लिएका थिए।
यद्यपि, उनले संन्यासको घोषणा गर्नुअघि उनको फिटनेसलाई लिएर निरन्तर प्रश्न उठिरहेको थियो। फिटनेसका कारण उनले सन् २०२३ मा धेरै खेलहरूमा भाग लिएका थिएनन्। संन्यास लिनुअघि, अफगानिस्तान विरुद्धको आफ्नो अन्तिम एकदिवसीय खेलमा, तमिमले २१ बलमा १३ रन बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनाका गोलकिपरले किन खाए प्रशिक्षकको गाली ?
-
‘१० वर्षमा देश स्विट्जरल्याण्ड बनाउँछु भन्थे, अहिले युवा रोजीरोटीका लागि बिदेसिनुपर्ने बाध्यता छ’
-
हारको सँघारमा पुगेको एपीएफलाई लोकेश बमले अविश्वासिलो जित दिलाए
-
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
-
अलेक्सान्डर आर्नोल्डलाई भित्र्याउने अन्तिम तयारीमा रियल
-
सडकको स्तरअनुसार रुट अनुमति दिनुपर्छ : मन्त्री दाहाल