भैरहवामा विमानस्थलबाट ११ किलो गाँजासहित भारतीय युवक पक्राउ
सोमबार, ११ चैत २०८१, २० : ३८
बुटवल । रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट लागुऔषध गाँजासहित एक भारतीय युवा पक्राउ परेका छन् ।
भारतको केरलाका ३५ वर्षीय रथिस कुमार चम्बुकारा गान्धी रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी प्रवक्ता एसपी दीपक श्रेष्ठले रातोपाटीलाई जानकारी दिए ।
थाइल्याण्डको बैंककबाट भैरहवा आएको एयर एशियाको विमानमा गान्धीले लगेजमा लुकाएर ल्याएको ११ किलो २ सय ग्राम गाँजा चेकजाँचको क्रममा बरामद भएको हो ।उनले विभिन्न खानेकुरा सँगै गाँजा पनि ल्याएका थिए । गाँजासहित पक्राउ परेका भारतीय नागरिकलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाईएको विमानस्थल प्रहरीले जनाएको छ ।
यसअघि पनि गत चैत ४ गते विमानस्थल प्रहरीले एयर एशियाको विमानमा आएका भारतीय महिलाको साथबाट साढे सात किलो गाँजा बरामद गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको प्रश्न: नयाँ राजनीतिक दलहरू क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरूको पछि किन लाग्नुहुन्छ ?
-
बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु
-
पाकिस्तानी सेना प्रमुखमाथि किन प्रतिबन्ध लगाउँदैछ अमेरिका ?
-
सरकारको निर्णयविरूद्ध सर्वोच्च गए कुलमान
-
२८ सचिवको दरबन्दी काट्न सुझाव
-
एमआरपी मूल्य नराखी बिक्री वितरण गरे वाणिज्य विभागले कारबाही गर्ने