नारायणी नदीमा हाम्फालेकी महिलाको सकुशल उद्दार
सोमबार, ११ चैत २०८१, २० : ३१

चितवन । नारायणी पुलबाट हाम्फालेकी एक महिलाको सशस्त्र प्रहरी बलले नदीमा बग्दै गरेको अबस्थामा सकुशल उद्दार गरेकोछ ।
सोमबार सांझ चितवन जिल्ला भरतपुर महानगरपालिका–३ पुलचोक स्थित नारायणी पुलबाट एक महिला नदिमा हाम्फालेर बग्दै गरेको अबस्थामा पुलचोकमा तैनाथ सशस्त्र प्रहरी बल, इमिडियट रेस्पोन्स टिम (आइआरटि) ले उनको तत्कालै उद्दार गरेको हो ।
ती महिला सोही महानगरपालिका–११ बसेनीकी ३८ बर्षिया पार्बती सुनार रहेको र उनलाइ उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।