त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरिएकोप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा चैत १३ गते स्ववियु निर्वाचन घोषणा गरिएकोप्रति अनेरास्ववियुले आपत्ति जनाएको छ । क्याम्पस प्रशासन र निर्वाचन समितिले एकलौटी निर्वाचनको मिति घोषणा गरिएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको हो ।
अनेरास्ववियु स्ववियु उपाध्यक्ष नारायण घर्तीले आफुहरूसँग कुनै सहमति नगरी निर्वाचनको मिति घोषणा गरिएको बताए । अनेरास्ववियुले आफूहरुसँग छलफल नै नगरी हतार हतारमा निर्वाचनको मिति घोषणा गरेको भन्दै क्याम्पसमा नारावाजी समेत गरेको छ ।
निर्वाचन अधिकृत अङ्गदमणि गौतमले आज सूचना जारी गर्दै चैत १३ गते स्ववियु चुनाव हुने जानकारी गराएका थिए । लगत्तै रातारात फर्जी कार्ड बनाएर वास्तविक विद्यार्थीलाई कार्ड नदिई निर्वाचन गर्न खोजिएको भन्दै नाराबाजी गरिएको अनेरास्ववियुले जनाएको छ ।
क्याम्पसले १२ सयभन्दा धेरै फर्जी कार्ड जारी गरेको र त्यसको छानबिन नभई निर्वाचन गर्न नहुने अनेरास्ववियुले जनाएको छ । त्यसमा नेविसंघको असन्तुष्ट पक्षले समेत साथ दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नयाँ गन्तव्यको प्रचारका लागि युवा पुस्तालाई जोड्दै पर्यटन बोर्ड
-
विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
-
राउटे मुखिया शाहीको मृत्यु
-
एनआरएनए विवादसम्बन्धी तीन वटा रिट र निवेदन हेर्न नमिल्ने
-
काठमाडौं भ्यूटावर भत्काउनुपर्ने पक्षमा उपमेयर सुनिता डंगोल