राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५ घोषणा

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले ‘राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८२’ को अवसरमा आयोजना गरिने ‘५ औँ राष्ट्रिय फोटोपत्रकारिता अवार्ड २०२५’ आयोजना गर्ने भएको छ । काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गर्दै आगामी वैशाख १३ गते सम्पन्न हुने फोटोपत्रकारिता अवार्ड बारे जानकारी गराएको हो ।
अवार्ड समारोहमा देश तथा विदेशमा कार्यरत फोटो पत्रकारहरूको क्षमता र योगदानको सम्मानस्वरूप विभिन्न १६ विधामा ट्रफी, सम्मानपत्र प्रदान गरिनेछ । साथै ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्राप्त गर्ने व्यक्तिलाई नगद २५ हजार रुपैयाँ, ट्रफी र सम्मानपत्र प्रदान गरिनेछ ।
राष्ट्रिय फोटोपत्रकारिता अवार्ड अन्तर्गत ९ विधामा अवार्ड प्रदान गरिनेछ, जसमा दैनिक जीवन, खेलकुद, महिला, पर्यटन तथा संस्कृति, आर्थिक, राजनीतिक, मनोरञ्जन, स्वतन्त्र तथा समग्र फोटोपत्रकारिता समेटिएको छ ।
त्यसै गरी, प्रदेशस्तरीय अवार्डतर्फ कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उत्कृष्ट फोटोपत्रकारलाई सम्मान गरिनेछ । फोटोपत्रकारिता क्षेत्रमा तीन वर्षभन्दा बढी समयदेखि क्रियाशील फोटोपत्रकारहरूले अनलाइन फारम भरी आवेदन दिन सक्नेछन्।
आवेदनका लागि कार्यरत संस्थाको परिचयपत्र, उत्कृष्ट पाँच फोटो २०७९ साल वैशाखदेखि २०८१ साल फागुन मसान्तसम्म खिचिएका १२ बाई १८ इन्च आकारमा ३०० डीपीआइ गुणस्तरमा क्याप्सनसहित पेस गर्नुपर्नेछ । आवेदन फारम २०८१ साल चैत्र ३० गते राति १२ बजेभित्र बुझाइसक्नुपर्नेछ ।
अवार्ड छनौट समिति अध्यक्ष प्रदीपराज वन्तको संयोजकत्वमा वरिष्ठ फोटोपत्रकार शैलेन्द्र खरेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलिया, सूर्यज्योती लाइफ इन्सुरेन्सका ब्रान्डिङ एण्ड कम्युनिकेसन प्रमुख मेगेन्द्र प्रकाश गिरी प्राज्ञ वास्तुकला तथा सृजनात्मक कला विभाग प्रमुख सौरगंगा दर्शनधारी, र देश सञ्चारका सह-सम्पादक मनोज दाहाल निर्णायक मण्डलमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको प्रश्न: नयाँ राजनीतिक दलहरू क्रान्ति गर्छु भनेर उपद्रो मच्चाएकाहरूको पछि किन लाग्नुहुन्छ ?
-
बाबुले चलाएको ट्रकले किचेर छोरीको मृत्यु
-
पाकिस्तानी सेना प्रमुखमाथि किन प्रतिबन्ध लगाउँदैछ अमेरिका ?
-
सरकारको निर्णयविरूद्ध सर्वोच्च गए कुलमान
-
२८ सचिवको दरबन्दी काट्न सुझाव
-
एमआरपी मूल्य नराखी बिक्री वितरण गरे वाणिज्य विभागले कारबाही गर्ने