अपडेट
सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी
सोमबार, ११ चैत २०८१, १९ : ४६

काठमाडौँ । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दैनिक प्रशासनिक कामकारबाहीका साथै केही सरुवा बढुवाका सम्बन्धमा निर्णय गर्ने बैठकको एजेण्डा रहेको छ । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको भेटवार्ताले संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति गरेको थियो । सोहीअनुसार सर्च कमिटी बनाउनेबारे समेत बैठकबाट निर्णय हुन सक्ने एक मन्त्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभा बैठक बिहिबार सवा १२ बजेसम्मका लागि स्थगित
-
स्ववियु निर्वाचन ः चाहना बाँकी कलेजमा एकै दिन गराउने, व्यवहार भाँड्ने
-
नुवाकोटको पञ्चकन्या गाउँपालिकामा जिल्लास्तरीय क्रसकन्ट्री दौड
-
सेन्टर प्लाजामा भएको आगलागी नियन्त्रणमा
-
ठुलो परिमाणमा अवैध सुनका गहनासहित स्वयम्भूबाट एक जना पक्राउ
-
देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ : प्रधानमन्त्री