निफमा लक्ष्मण सुवेदी निर्देशित ‘सतिदेवी’ले जित्याे मोस्ट पपुलर फिचर फिल्म अवार्ड

काठमाडौँ । आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा लक्ष्मण सुवेदी निर्देशित चलचित्र ‘सतिदेवी’ले मोस्ट पपुलर फिचर फिल्म अडियन्स च्वाइस अवार्ड जित्यो । फेस्टिभलमा प्रतिस्पर्धी फिल्महरु मध्य दर्शकले सर्वाधिक मन पराएकाले सो अवार्ड जितेको हो । कार्यक्रममा फिल्मका लेखक, निर्देशक लक्ष्मण सुवेदीले अवार्ड थापे ।
त्यस्तै मिन बहादुर भामद्वारा निर्देशित चलचित्र शाम्बालाले उत्कृष्ट गौतम बुद्ध अवार्ड जितेको छ भने चलचित्र आखाँले उत्कृष्ट राष्ट्रिय फिचर फिल्म अवार्ड पाएको छ । उत्कृष्ट निर्देशक तर्फ पुजार सार्की बाट निर्देशक दिनेश राउतले अवार्ड पाएका छन् ।
सोमबार सम्पन्न महोत्सवमा उत्कृष्ट महिला कलाकार अवार्ड चलचित्र पुजार सार्कीबाट नायिका अञ्जना बराईली, उत्कृष्ट पुरूष पात्र अवार्ड आखाँबाट आर के मेहता, राष्ट्रिय फिचर फिल्म छायांकार राजेश श्रेष्ठ र राष्ट्रिय चलचित्र लेखन अवार्ड जौन योञ्जनले पाएका छन् ।
महोत्सवमा भारतीय चलचित्र रूक्मिणीले डङ्की नाट्य अवार्ड मञ्जुश्री अवार्ड (एआई फिल्म अवार्ड) अर्जेन्टिनाको चलचित्र द अविस्ले पाएको छ । उत्कृष्ट सर्ट फिल्म डिरेक्टर अवार्ड निशान खत्रीको चलचित्र ‘अ बिटनेस’ ले पाएको छ भने, ‘माउन्ट एभरेस्ट अवार्ड’ बेल्जियमको ‘मेल्टिङ स्नु’ ले पाएको छ । यस वर्ष ‘बागमती अवार्ड’ स्पेनको चलचित्र ‘लुसिया जि रोमेरो’ ले जितेको छ ।
यसैगरि उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री फिल्म अवार्ड सुविना श्रेष्ठको ‘देवि’, अडियन्स चोइस अवार्ड डकुमेन्ट्री तर्फ चलचित्र ‘गल्स रि राइटिङ डेस्टिनि’, उत्कृष्ट सर्ट चलचित्र अवार्ड र राष्ट्रिय सर्ट फिल्म अवार्ड निराजन राज भेटवालको चलचित्र ‘द विटनेस ट्रि’ ले पायो।
चैत्र ७ गतेदेखि काठमाडौँमा आयोजितय निफ महोत्सवमा ४० देशका ८७ फिल्म प्रदर्शन भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा हरियालीः परिसूचक ४० अंकले बढ्दा कारोबार रकम घट्यो
-
प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित
-
प्रतिनिधिसभाको दोस्रो बैठक पनि विपक्षीद्वारा अवरोध
-
डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा सार्वजनिक गर्दै सरकारले माग्यो सुझाव
-
ठाकुरराम क्याम्पसको रोकिएको मतगणना सुरु, भोलिसम्ममा गणना सकिने
-
पाँचौँ खेलमा पनि न्युजिल्यान्डसामू निरीह बन्यो पाकिस्तान, पहिलो शतक पूरा गर्नबाट तीन रनले चुके टिम सिफर्ट