२५ जना उद्योगी–व्यवसायीको टोली मेघालय प्रस्थान

विराटनगर । भारतको मेघालय राज्यको सिलङमा आयोजना हुन लागेको ‘सेभेन्थ एक्ट इस्ट बिजनेस शो’ मा सहभागी हुन नेपालबाट २५ जना उद्योगी–व्यवसायीहरूको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।
मार्च २५ देखि २७ सम्म आयोजना हुन लागेको यस व्यापारिक मेलामा नेपालका चार प्रदेशका प्रतिनिधिहरूको सहभागिता रहने छ । इन्डियन चेम्बर अफ कमर्स, मेघालय सरकार, भारत सरकारको मिनिस्ट्री अफ डेभलपमेन्ट अफ नर्थ इस्ट रिजन र इनभेष्ट इन्डियाको संयुक्त आयोजनामा हुन लागेको यस व्यापारिक प्रदर्शनीमा कोशी, बागमती, गण्डकी र मधेस प्रदेशका उद्योगी–व्यवसायीहरूले नेपालको प्रतिनिधित्व गर्नेछन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वय तथा पहलमा सहभागी यस प्रतिनिधिमण्डलले सूचना प्रविधि, कृषि, पर्यटन, पूर्वाधार, चिया तथा खाद्य प्रशोधन, ऊर्जा, स्वास्थ्य, शिक्षा, यातायात तथा ढुवानी पूर्वाधारजस्ता क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् ।
टोलीमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका पूर्व अध्यक्ष नरेन्द्र खड्का, निवर्तमान अध्यक्ष टिकाराज ढकाल, नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा मेला समिति सभापति उमेश डालमिया, केन्द्रीय सदस्य अमरेश चन्द्र बैदार सहित विभिन्न जिल्ला तथा स्थानीय उद्योग वाणिज्य संघका अध्यक्षहरू सम्मिलित छन् ।
‘यो भ्रमणले नेपाल र भारतको पूर्वोत्तर क्षेत्रबीच व्यापारिक सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण भूमिका खेल्ने नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालले बताए । ‘पूर्वोत्तर भारत नेपालका लागि महत्वपूर्ण व्यापारिक साझेदार हो र यस क्षेत्रसँगको आर्थिक सम्बन्ध विस्तार गर्न यो मेला एक उत्कृष्ट अवसर पनि हो ।’
‘सेभेन्थ एक्ट इस्ट बिजनेस शो’ मा नेपाली प्रतिनिधिमण्डलले व्यापारिक सम्झौता, प्रविधि आदानप्रदान र लगानी अवसरहरूको खोजी गर्ने अपेक्षा गरिएको छ । यस मेलामा भारतका पूर्वोत्तर राज्यहरूका अतिरिक्त म्यानमार, बङ्लादेश, भुटान र अन्य दक्षिण एशियाली देशहरूका व्यापारिक प्रतिनिधिहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म