सर्लाहीको बलरामा बेवारिसे शव फेला, पहिचान खुल्न सकेन
सोमबार, ११ चैत २०८१, १८ : ०८
सर्लाही । सर्लाहीको बलरा नगरपालिका–१०, सुदामास्थित मनुष्मारा ब्यारेजमा एक अज्ञात पुरुषको शव फेला परेको छ। शवको पहिचान अझै खुल्न सकेको छैन ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहका अनुसार शव ब्यारेजभित्र सड्न थालेको अवस्थामा भेटिएको हो । स्थानीय बासिन्दाले ब्यारेजभित्र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनास्थलको प्रकृति मुचुल्का तयार गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ । मृतकले बक्स पाइन्ट र टि–सर्ट लगाएको भए पनि शव सडिसकेकाले हुलिया स्पष्ट हुन सकेको छैन ।
प्रहरीले शवको पहिचान खुलाउने प्रयासस्वरूप मातहतका प्रहरी युनिटलाई जानकारी गराइसकेको छ भने नजिकका गाउँहरूमा सोधपुछ जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म