बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय
शीर्ष नेता बैठक

संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति

सोमबार, ११ चैत २०८१, १७ : ३६
सोमबार, ११ चैत २०८१

काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी प्रक्रिया टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ । सोमबार सिंहदरबारमा भएको शीर्ष नेताहरूको छलफलमा यस्तो सहमती भएको हो ।

प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले नेता अग्नि खरेलले आयाेग गठन प्रक्रियाका लागि सर्च कमिटी बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहमति जनाएको जानकारी दिए । 

‘आयोग गठन गर्ने सहमति भएको छ । अध्यक्ष तथा सदस्यहरु सिफारिस गर्न सर्च कमिटी गठनको प्रक्रिया सरकारले अघि बढाउँछ’, सल्लाहकार खरेलले भने,  ‘अब बाँकी प्रक्रिया अघि बढ्छ ।’  सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया सुरु हुने उनको भनाइ छ । 

छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार खरेल पनि सहभागी थिए ।

यसअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा गठित सर्च कमिटीले आयोग गठनका लागि सदस्यहरु सिफारिस गर्न सकेको थिएन । मिश्र नेतृत्वको समितिले पदाधिकारी छनोट गर्न नसकेपछि सुरुबाटै प्रक्रिया थाल्न लागिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप