बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

८ महिनामा ३१ करोडको विद्युतीय चुलो आयात

सोमबार, ११ चैत २०८१, १७ : ३३
सोमबार, ११ चैत २०८१

पछिल्लो समय नेपालमा विद्युतीय चुलोको प्रयोग बढेर गएको छ ।  

काठमाडौँ । भन्सार विभागको पछिल्लो तथ्यांकअनुसार साउनदेखि फागुनसम्मको अवधिमा नेपालमा २०८१/८२ मा ३१ करोड ४० लाख खर्चेर १५ लाख ८ हजार ६८६ ओटा विद्युतीय चुलो आयात गरिएको छ । 

यसरी आयात भएका विद्युतीय चुलोहरूलाई इन्डक्सन, इन्फ्रारेड र अन्य विद्युतीय चुलोमा वर्गीकरण गर्ने गरिएको छ । गत वर्षको यही अवधिमा २२ करोड ६६ लाख खर्चेर १० लाख ३ हजार ७३० ओटा विद्युतीय चुलो भित्र्याइएको थियो । 

अहिले नेपालमा सबैभन्दा धेरै चीनबाट चुलो भित्रिएका छन् भने भारत,कतार, सिंगापुर, बङ्गलादेश, मलेसियाबाट पनि त्यस्ता चुलोहरू ल्याउने गरिएको छ ।  सरकारले नै विद्युतीय चुलो प्रोत्साहनको नीति लिएकाले प्रयोग बढेको भन्सार विभागका निर्देशक नारायणप्रसाद रेग्मीले बताए । 

नेपालमा विद्युत् आपूर्तिमा सुधार र पेट्रोलियम पदार्थमा बढ्दो मूल्यवृद्धिका कारण विद्युतीय चुलोको प्रयोग सहज हुन थालेको सम्बद्ध विज्ञ तथा विक्रेताहरू बताउँछन् । सन् २०१५ को इन्धन संकटका समयमा नेपालका धेरै भान्छामा प्रवेश पाएको विद्युतीय चुलोको लोकप्रियता बढ्दै गएको उनीहरूको भनाइ छ ।  

उर्जाविज्ञ विजयमान शेरचनले सिलिन्डरबाट निस्कने ग्यासले प्रदूषण उल्लेख्य बढाएकाले यसको प्रयोग निरुत्साहित गर्दै जानुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप