ट्रम्पकी पूर्व बुहारीसँग सम्बन्धमा छन् टाइगर वूड्ज

वासिङ्टन डीसी । विश्व चर्चित गल्फ टाइगर वूड्ज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पूर्व बुहारीसँग प्रेम सम्बन्धमा रहेका छन् । हालै वुड्जले भानेस्सा ट्रम्पसँगको आफ्नो सम्बन्ध पुष्टि गरेका हुन् । माइक्रो ब्लगिङ वेबसाइट एक्समा उनले भानेस्सासँगको आफ्नो दुई तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरको क्यापसनमा ‘हावामा माया छरिएको छ, जब तिमी मेरो साथमा हुन्छौँ जीवन सुन्दर हुन्छ...’ भनेर लेखेका थिए ।
भानेस्साले ट्रम्पको छोरा डोनाल्ड ट्रम्प जुनियरसँग बिहे गरेकी थिइन् । वूड्ज र भानेस्साको साथमा उनकी छोरी काई ट्रम्प पनि सान डिएगोको टोरी पाइन्समा देखिएका थिए । वूड्ज यहाँ जेनेसिस इन्भिटेशनलको विजेताको उपाधि दिन आएका थिए । उनी प्रतियोगिताका आयोजक पनि थिए । काइ ट्रम्प बूड्जका दुई सन्ता साम र चार्लीसँग एउटै विद्यालयमा पढ्छिन् ।
गएको कयौँ हप्तादेखि वूड्ज र भानेस्साको प्रेम सम्बन्धबारे गाइँगुइँ चलिरहेको थियो । भानेस्सा १२ वर्षसम्म डोनाल्ड ट्रम्प जुनियरसँग सम्बन्धमा थिइन् । यी दुईको पाँच सन्तान छन् । वूड्जले आफ्नो निजी जीवनलाई खासै सार्वजनिक गर्दैनन् । भेनेस्सासँगको सम्बन्ध उनले किन सार्वजनिक गरे भन्ने अस्पष्ट छ । यसअघि उनले २०१३ मा लिन्ड्से भोनसँगको फोटो पोस्ट गरेर डेटिङको अफवाह पुष्टि गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते, महासंघले आकस्मिक बैठक बोलायो
-
सर्लाहीबाट स्रोत नखुलेको ३२ लाख नगदसहित भारतीय युवक पक्राउ
-
प्रहरीसँगको झडपपछि शिक्षकहरूले मागे गृहमन्त्रीको राजीनामा
-
भारतीय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरलाई ज्यान मार्ने धम्की दिने व्यक्ति पक्राउ
-
अशान्त बन्यो शिक्षक आन्दोलन, तस्बिरहरू
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु