ओली, देउवा र प्रचण्डबिच सिंहदरबारमा छलफल

काठमाडौँ । सङ्क्रमणकालीन न्याय (टीआरसी) बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा केहीबेर अघि सुरु भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी छन् ।
तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी छन् ।
प्रधानमन्त्री ओलीले टीआरसीबारे छलफल गर्न अघिल्लो साता नै प्रयास गरे पनि विपक्षी दलका नेता प्रचण्डले समय नदिँदा सम्भव नभएको संसदमा बताएका थिए । सङ्क्रमणकालीन न्यायका लागि कानुन बने पनि बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन हुन सकेका छैनन् ।
केही समयअघि प्रधानमन्त्री ओलीले टीआरसीको बाँकी काम अघि बढाउन भन्दै पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य अग्नि खरेललाई प्रधानमन्त्रीको सङ्क्रमणकालीन न्याय विज्ञका रूपमा नियुक्त गरेका थिए । खरेल विज्ञका रूपमा नियुक्त भएसँगै प्रक्रिया अघि बढ्ने अपेक्षा गरिए पनि प्रमुख दलका शीर्ष नेताहरूबिचको छलफल हुनै समय लागेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एन्फाको नियमित साधारणसभामा १ अर्ब ५६ करोड ३२ लाखको बजेट प्रस्तुत गरिने
-
अब सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जब श्रीमान् फिल हुलवर्कको अस्तु बोकेर पोखरा आइन् लोरेटा...
-
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख गौतम पक्राउ
-
रुस–युक्रेन युद्ध : युरोपको सुरक्षा, कूटनीतिक संघर्ष र भविष्यका चुनौती