बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

भारतमा टर्‍यो ठुलो विमान दुर्घटना, हिमाञ्चलका उपमुख्यमन्त्री थिए सवार

सोमबार, ११ चैत २०८१, १६ : २७
सोमबार, ११ चैत २०८१

नयाँ दिल्ली । हिमाचल प्रदेशको राजधानी शिमलास्थित जुब्बरहट्टी विमानस्थलमा सोमबार बिहान ठुलो दुर्घटना टरेको छ । जानकारी अनुसार दिल्लीबाट शिमला पुगेको एलायन्स एयरको विमानलाई आपत्कालीन ब्रेक लगाएर रोकिएको छ । विमानमा प्राविधिक गडबडीका कारण आपत्कालीन अवतरण गराइएको थियो । 

यस समयमा विमानमा उपमुख्यमन्त्री मुकेश अग्निहोत्री र डीजीपी डा. अतुल बर्मासहित ४४ जना यात्रु थिए । सबैजना सकुशल भएको बताइएको छ । विमानको टायर हावामै पड्किएको थियो । विमानलाई आपत्कालीन रुपमा आधा धावनमार्गमा अवतरण गराइएको थियो । अवतरण गर्दा यो भाग्यले धावनमार्गबाट बाहिर गएन र ठुलो दुर्घटना हुनबाट जोगियो । यस दुर्घटनापछि, सुरक्षा कारणले गर्दा धर्मशालाको अर्को उडान रद्द गरिएको छ । 

विमान किन आधा धावनमार्गमा अवतरण गरियो भन्ने बारे जानकारी अझै उपलब्ध छैन । विमानमा भएको प्राविधिक गडबडीको अनुसन्धान भइरहेको छ । शिमला विमानस्थल स्रोतका अनुसार दिल्लीबाट शिमला जाँदै गरेको एलायन्स एयरको उडान नम्बर ९१८२१ का पाइलटले सोमबार बिहान शिमला विमानस्थलमा अवतरण गर्ने क्रममा विमानको ब्रेकमा प्राविधिक गडबडी भएको बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप