६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीले लगाए डीन कार्यालयमा ताला

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकाय डीन कार्यालयमा विद्यार्थीहरूले तालाबन्दी गरेका छन् ।
त्रिवि केन्द्रीय क्याम्पस शिक्षाशास्त्र केन्द्रीय विभागको तेस्रो सेमेस्टरको नतिजा प्रकाशन हुँदा ६८ प्रतिशत विद्यार्थी फेल भएपछि विद्यार्थीहरूले सोमबार तालाबन्दी गरेका हुन् ।
सेमेस्टर प्रणालीमा यति धेरै विद्यार्थी फेल हुनुलाई अत्यन्तै नराम्रो मानिन्छ । तेस्रो सेमेस्टर मेजरमेन्ट एण्ड इभ्यालुसन इन एजुकेसन पेपरको न्युमिरिकल प्रश्न नै गलत सोधेको विद्यार्थीहरूको आरोप छ । उक्त गलत प्रश्नका कारण परीक्षाको नतिजा सन्तोषजनक नआएको उनीहरूको भनाइ छ ।
गलत प्रश्न निर्माण गर्नेलाई कारबाही र विद्यार्थीहरूको नतिजा पुनर्योग गर्दा रिचेक व्यवस्था नहुन्जेलसम्म तालाबन्दी जारी रहने उनीहरूले विज्ञप्तिमार्फत जनाएका छन् ।
विद्यार्थीहरूले निःशुल्क रूपमा रिटोटलिङको व्यवस्था गर्न समेत माग गरेका छन् । हाल रिटोटलिङको लागि प्रति विषय ५०० रुपैयाँ शुल्क लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गणेश थापालाई कारबाहीका लागि फिफा, एएफसी, अख्तियारलगायतका निकायमा पत्रचार गर्ने’
-
मुरली मकै सिफारिस गर्दै मकैबाली अनुसन्धान कार्यक्रम
-
प्रकृतिको मृत्यु प्रकरणबारे के भइरहेको छ ?
-
एन्फाको नियमित साधारणसभामा १ अर्ब ५६ करोड ३२ लाखको बजेट प्रस्तुत गरिने
-
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम, उत्पादन वृद्धि हुने विश्वास
-
अब सिमेन्ट र फलामे छड एमआरपी मूल्य राखेर बिक्री गरिनुपर्ने