बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

सकियो ‘जेरी अन टप’को छायांकन, बाँकी दुई गीत दक्षिण भारतमा खिचिने

सोमबार, ११ चैत २०८१, १६ : ०५
सोमबार, ११ चैत २०८१

काठमाडौँ । फिल्म ‘जेरी अन टप’को छायांकन सकिएको छ । ६० दिनमा मुस्ताङबाट फिल्म सकिएको निर्माण युनिटले जनाएको छ ।

फिल्मको दुई गीतको छायांकन भने बाँकी राखिएको छ ।

अनमोल केसी, आँचल शर्मा, केदार घिमिरे, जसिता गुरूङ, भुवन केसी, सुरक्षा पन्त, निर्मल शर्मालगायत कलाकारको फिल्ममा मुख्य भूमिका छ । फिल्मको बाँकी दुई गीतको छायांकन भारतको दक्षिणपूर्वी सामुद्रिक तटीय सहर पोन्डीचेरी र काठमाडौँमा हुनेछ । 

अनन्या फिल्मस्को ब्यानरमा निर्माण भएको यो फिल्मलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । फिल्म लभस्टोरी जनरामा निर्माण भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप