बिहीबार, १४ चैत २०८१
ताजा लोकप्रिय

एक सातापछि नेप्सेमा हरियाली, कतिको भयो कारोबार ?

सोमबार, ११ चैत २०८१, १५ : ५३
सोमबार, ११ चैत २०८१

काठमाडौँ । ६ दिनपछि सेयरबजार परिसूचक नेप्सेमा हरियाली छाएको छ । चैत ३ गते यता कारोबारका दिन लगातार घटिरहेको नेप्से परिसूचक सोमबार झण्डै ३१ अंकले बढ्दा हरियाली छाएको हो । आइतबार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ अंकमा आइपुगेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्से ३१.५२ अंकले बढ्दा २ हजार ६४५.२० को बिन्दुमा पुगेको छ । 

यस दिन ९७ लाख ३९ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३५ लाख बराबरको सेयर किनबेच भएको छ । आइतबार ६ अर्ब ३२ करोडको कारोबार भएको थियो । आज २१० वटा कम्पनीको सेयर मूल्य बढेको छभने ३३ कम्पनीको सेयर मूल्य घटेको छ । 

आज सबै सेक्टरका सूचक बढेका छन् । सबैभन्दा अगाडि फाइनान्स ३.७५ प्रतिशत बढेको छ । बैंकिङ ०.९२, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.१६, हाइड्रोपावर १.००, लगानी ०.९५, जीवन बीमा १.६४, उत्पादन ०.८०, माइक्रोफाइनान्स ०.९०, निर्जीवन बीमा ०.६१, अन्य १.९१ तथा व्यापार १.५५ प्रतिशत बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप