सल्यानमा जिप दुर्घटना : १७ जना घाइते
सोमबार, ११ चैत २०८१, १५ : ३३

सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिले भन्ने ठाउँबाट श्रीनगर भन्ने ठाउँमा जाँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार बिहान ११ बजेतिर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जिपमा चालकसहित १८ जना सवार थिए ।
ब्रेक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो । घाइतेहरूको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले बताए ।
घाइतेहरूको अवस्था सामान्य नै छ । गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्न लागेको भन्दै कर्मचारीको विरोध
-
समाजवादी मोर्चाको बैठक चार बजे
-
शान्ति सुरक्षा, अमनचयनका लागि प्रहरी एक्लैको प्रयास सम्भव छैन : आईजीपी थापा
-
नरैनापुरमा आगलागीबाट ५० लाखको क्षति
-
भूमिसम्बन्धी अध्यादेश नियमित विधेयकका रूपमा अघि बढाउने निर्णय
-
‘गणेश थापालाई कारबाहीका लागि फिफा, एएफसी, अख्तियारलगायतका निकायमा पत्रचार गर्ने’