बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय
प्रेस चौतारी महाधिवेशन

तोकिएका बाहेकले उम्मेदवारी फारम नै पाएनन्

सोमबार, ११ चैत २०८१, १५ : २७
सोमबार, ११ चैत २०८१

विराटनगर । मतदानको समय नराखी निर्वाचन तालिका सार्वजनिक गरेको प्रेस चौतारी नेपालले नयाँ नेतृत्वको लागि उम्मेदवारी दिने फारम तोकिएका व्यक्तिहरूलाई मात्रै उपलब्ध गराएको छ । 

निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले आज दिउँसो मतदानको समय नदिई जारी गरेको निर्वाचन सम्बन्धी सूचना जारी गरेको थियो । त्यही समय अनुसार दिउँसो २ः ४५ बजे उम्मेदवारी दर्ताको समय दिइएको थियो । सो समयमा उम्मेदवारी दर्ता गर्न पुगेका राजेश राईलगायतको टिमलाई उम्मेदवारको फारम नै निर्वाचन आयोगले नदिएको हो । 

निर्वाचन आयोगलाई एमालेका जनवर्गीय सङ्गठनहरूको संयोजक भानुभक्त ढकाल र प्रेस चौतारीका इन्चार्ज समेत रहेका नेता राजेन्द्र गौतमले हस्ताक्षर गरेर दिएको लिस्टका उम्मेदवारलाई मात्रै मनोनयन फारम दिएको हो । 

‘हामीलाई उम्मेदवारको फारम नै दिएनन् । मनोनयन गर्नै पाइएन । यो भन्दा निरङ्कुशता अरू के हुन्छ होला र ?’ राईले भने । निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे, उम्मेदवारी फिर्ता लिने समय ४ः १५ बजे र उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकेको छ । त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ । 

अध्यक्षमा दाबी गरिरहेको राजेश राई पक्षले भने निर्वाचनको माग गरेको थियो । निवर्तमान उपाध्यक्ष गणेश पाण्डे र महासचिवमा चेतन अधिकारीसहितको टिमलाई निर्विरोध बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले ठाडो निर्देशन दिएको बताइन्छ । नेताहरूले भनेको आधारमा नेतृत्व चयन गर्नु भनेको टिके प्रथालाई प्रश्रय दिनु भएको भन्दै विभिन्न जिल्ला र प्रदेशबाट आएका केही प्रतिनिधिहरूले भने नेतृत्वप्रति असन्तुष्टि र आक्रोश व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप