युक्रेन र अमेरिकाबिच साउदीमा भेटवार्ता, युद्ध अन्त्य हुनेमा अमेरिकी दूत आशावादी

रियाद । साउदी अरबको राजधानी रियादमा युक्रेन र अमेरिकी प्रतिनिधि मण्डलबिच भेटवार्ता भएको छ । वार्तामा युक्रेनको ऊर्जा उत्पादन केन्द्र र संवेदनशील पूर्वाधारलाई जोगाउने प्रस्तावमाथि छलफल भएको युक्रेनी रक्षामन्त्रीले भनेका छन् । तीन वर्षदेखि युक्रेनमा जारी युद्धलाई रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रयासअन्तर्गत सो वार्ता भएको हो ।
वार्तापछि युक्रेनका लागि ट्रम्पका विशेष दूत स्टिभ विटकफले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा घातक युद्ध अन्त्य हुने आशा व्यक्त गरेका छन् । सोमबार रियादमै अमेरिका र रुसी प्रतिनिधिमण्डल पनि भेट्दैछन् । पुटिनले शान्ति चाहेको आफूले महसुस गरेको आइतबार फक्स न्यूजसँगको कुराकानीमा विटकफले भनेका थिए ।
सोमबार साउदी अरबमा साँच्चैको प्रगति देख्न पाइनेछ भन्ने आफूले लागिरहेको पनि उनले बताएका थिए । आफ्नो प्रतिनिधि मण्डल र अमेरिकी टोलीबिच वार्ता सकारात्मक तवरले भइरहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’
-
१० बजे १० समाचार : देउवाको साथ पाएपछि गर्जिए ओली, आमाको मुख हेर्ने दिन आमाकै कसम खाए रवीन्द्र मिश्रले