शनिबार, १३ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राख्यो

सोमबार, ११ चैत २०८१, १४ : ५८
सोमबार, ११ चैत २०८१

काठमाडौँ । सार्वजनिक खरिद अनुगमन कार्यालयले चार कम्पनीलाई कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा १ बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । 

कालोसूचीमा पर्नेमा तीन निर्माण कम्पनी र एउटा आपूर्ति कम्पनी रहेका छन् । जसमा एस.डी. कन्स्ट्रक्सन जनकपुर, अरनिको निर्माण कम्पनी काठमाडौँ, मनकामना सप्लायर्स भोजपुर र आर.एस.ए. कन्स्ट्रक्सन काठमाडौँ रहेका छन् । 

ओम प्रकाश श्रेष्ठ मुख्य व्यक्ति रहेको अरनिको निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय अन्तर्गतको सालझुण्डी–सन्धिखर्क–ढोरपाटन सडक योजना अर्घाखाँचीले सिफारिस गरेको थियो।

यसैगरी रामशरण अधिकारीको आर.एस.ए. कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यसलाई कालोसूचीमा राख्न नुवाकोटको पञ्चकन्या गाउँपालिकाले सिफारिस गरेको थियो । यसैगरी जिल्ला समन्वय समिति बाराको सिफारिसमा निरज कुमार मिश्रको एस.डी कन्स्ट्रक्सनलाई र भोजपुरको पौवादुङ्मा गाउँपालिकाको सिफारिसमा गोमा श्रेष्ठको मनकामना सप्लायर्सलाई एक/एक वर्ष कालोसूचीमा राखिएको छ । 

पूर्वाधार निर्माणका क्रममा नियम विपरीत कार्य गर्ने कम्पनीहरूलाई कार्यालयले कालोसूचीमा राख्दै आएको छ । कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिभर सार्वजनिक निकायका कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउँदैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप