सन् २०३० सम्ममा क्षयरोग अन्त्य गर्न डब्लुएचओको आह्वान

मनिला । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युुएचओ)ले सोमबार सदस्य राष्ट्रहरूलाई सन् २०३० सम्ममा क्षयरोग (टीबी) अन्त्यका लागि तत्काल ‘निर्णायक कदम’ चाल्न आह्वान गरेको छ ।
डब्ल्यूएचओले विश्व टीबी दिवसको अवसरमा प्रकाशित प्रेस विज्ञप्तिमा यस्तो आह्वान गरेको हो । सन् २०२३ मा अनुमानित १९ लाख व्यक्तिमा क्षयरोगको नयाँ सङ्क्रमितहरूको दर्ता भएकोमा ९५ हजारको मृत्यु भएको तथा परिवार र समुदायमा रोगको प्रभाव बढ्दै गएको डब्लुएचओले बताएको छ ।
पश्चिमी प्रशान्त क्षेत्रका लागि डब्ल्युएचओका क्षेत्रीय निर्देशक साइया माउ प्युकलाले जटिल क्षयरोगले जीवन बचाउने अवसर गुमाउँने बताएका छन् । उनले, जोखिममा रहेका व्यक्तिले समयमै रोगको निदान सुनिश्चित गर्दै आफ्ना प्रतिबद्धतालाई निर्णायक कार्यमा परिणत गर्नुपर्ने अवस्था आएको बताए ।
डब्ल्युएचओका अनुसार, क्षयरोग ब्याक्टेरियाद्वारा हुने एउटा सङ्क्रामक रोग हो जसले फोक्सोमा असर गर्छ । क्षयरोगीले खोक्दा, हाच्छिउँ गर्दा वा थुक्दा हावामा यसका किटाणु फैलिने र हावाकै माध्यमबाट अन्य मानिसमा सर्ने गर्छ । यसलाई विशिष्ट एन्टिबायोटिकले निको पार्न सकिने भएपनि अझै सङ्क्रमणबाट धेरै मानिसहरूले ज्यान गुमाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरेश रजक हत्याको निष्पक्ष छानबिनको माग गर्दै मौन प्रदर्शन, तस्बिरहरू
-
इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल
-
नेपाल ल क्याम्पसको स्ववियु सभापतिमा नेविसंघबाट प्रवेजको उम्मेदवारी
-
राजेश हमाल बेलायत जाँदै
-
कोरलामा बढ्यो व्यापारिक चहलपहल
-
द्वन्द्वकालमा भएका अमानवीय र जघन्य अपराधलाई माफी दिन सकिँदैन : प्रधानमन्त्री ओली