बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

ग्रिनल्यान्डले भन्यो– अमेरिकी अधिकारीको आसन्न भ्रमण ‘अति नै आक्रामक’

सोमबार, ११ चैत २०८१, १४ : ४१
सोमबार, ११ चैत २०८१

नूक । अमेरिकाकी द्वितीय महिला उषा भान्ससमेतका केही अधिकारीहरू ग्रिनल्यान्डको भ्रमणमा जाँदैछन् । उनीहरूको यो आसन्न भ्रमणलाई ग्रिनल्यान्डका प्रधानमन्त्रीले ‘अति नै आक्रामक’ भनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डलाई कब्जा गर्ने अभिव्यक्ति दिएयता दुई देशबिचको सम्बन्ध यसअघि कहिले नदेखिएको खराब स्तरमा ओर्लिएको छ । 

ग्रिनल्यान्डमा आयोजना हुने कुकुर दौड हेर्न र त्यहाँको संस्कृति अनि एकताको उत्सब मनाउन उषा भान्स समेतका एउटा टोली ग्रिनल्यान्ड जान लागेको ह्वाइटहाउसले विज्ञप्ति जारी गर्दै भनेको थियो ।  यही हप्ता राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज पनि ग्रिनल्यान्ड जाने हल्ला छ ।

यस्तोमा अमेरिकी अधिकारीहरूको आसन्न भ्रमणलाई ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट बी. एजले अति नै आक्रामक भनेका छन् । स्थानीय पत्रिका सेर्मित्सियाकसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् । खासगरी वाल्ट्जको भ्रमणको उनले विरोध गरेका छन् ।

‘ग्रिनल्यान्डमा राष्ट्रिय सुरक्षा सल्लाहकार किन आउँदैछन् ? यसको एउटै उद्देश्य हामीमाथि शक्ति देखाउनु हो,’ एजले भने । उनको भ्रमणको एक मात्रै उद्देश्य ग्रिनल्यान्ड कब्जा गर्ने ट्रम्पको मिशनमा अमेरिकीहरूको विश्वास बढाउने र आफूहरूमाथिको दबाब बढाउने भएको पनि उनले बताए । यही महीनाको शुरुमा कंग्रेसको अधिवेशनमा ट्रम्पले कुनै पनि तरिकाले ग्रिनल्यान्ड पाइछाड्ने बताएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप