प्रेस चौतारी महाधिवेशनः मतदानको समय नै नदिई निर्वाचन तालिका सार्वजनिक

विराटनगर । प्रेस चौतारीले नयाँ नेतृत्व चयनका लागि मतदानको समय नै नराखी निर्वाचन तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगका अध्यक्ष गणेश खनालले जारी गरेको निर्वाचन सम्बन्धी सुचनामा मतदाता नामावली प्रकाशन, नामावली माथि दाबी विरोध, दाबी विरोध उपर जाँचबुझ, अन्तिम नामावली प्रकाशन आज दिउँसो साढे २ बजेसम्मको समय दिइएको छ ।
यस्तै उम्मेद्वारको मनोनयनको लागि २ः४५ बजे, उम्मेद्वारको नामावली प्रकाशन ३ बजे, उम्मेद्वारमाथि दाबी विरोध ३ः१० बजे, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन दिउँसो ४ बजे, उम्मेद्वारी फिर्ता लिने समय ४ः१५ बजे र उम्मेद्वारको अन्तिम नामावली प्रकाशनको समय ४ः२० बजेका लागि तोकिएको छ ।
त्यसपछि मतदानको कार्यक्रम नराखी निर्वाचन आयोगले निर्वाचन परिणाम घोषणाको समय साढे ४ बजेका लागि तोकेको छ ।
प्रेस चौतारीको नयाँ नेतृत्व एकलौटी घोषणाको तयारी भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडो निर्देशनमा चौतारीको अध्यक्षमा गणेश पाण्डेको नेतृत्वमा नयाँ टिम घोषणा हुन लागेको हो ।
अध्यक्षमा दाबी गरिरहेका राजेश राई पक्षले भने निर्वाचनको माग गरिरहेका छन् । निर्वाचन नभएको खण्डमा समानान्तर कमिटी घोषणा गरेर अगाडि बढ्ने सो पक्षले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुलमान बर्खास्तीको नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा विरोध
-
स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित
-
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
-
जिल्लाको आदेशविरुद्ध रविको रिट न्यायाधीश खडानन्द तिवारीको इजलासमा
-
ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास
-
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम