कांग्रेस निकट लोकतान्त्रिक अपाङ्ग संघमा चम्लागाईं निर्वाचित (सूचीसहित)
सोमबार, ११ चैत २०८१, १४ : २९

काठमाडौँ । नेपाली कांग्रेस निकट राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधव प्रसाद चम्लागाईं ३५१ मतका साथ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी विकास थापालाई पराजित गर्दै अध्यक्षमा विजय हासिल गरेका हुन् । थापाले ८८ मत पाए । यस्तै अध्यक्षकी अर्का उम्मेदवार कल्पना खड्काले मात्र १३ मत पाइन् ।
संघको उपाध्यक्ष (महिला)मा अनिता घिमिरे गैरे, उपाध्यक्ष (खुला)मा उदयबहादुर लिम्बु, महामन्त्रीमा किरण कुमार पासवान र गणेश बहादुर खत्री निर्वाचित भए ।
यसैगरी महिलातर्फ ३ जना, खुलातर्फ ७ जनासहित केन्द्रीय सदस्य पदमा विभिन्न व्यक्तिहरू निर्वाचित भएको निर्वाचन अधिकृत जगन्नाथ श्रेष्ठले जानकारी दिए ।
संघको पहिलो महाधिवेशन चैत ८ र ९ गते राजधानीमा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित
-
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
-
जिल्लाको आदेशविरुद्ध रविको रिट न्यायाधीश खडानन्द तिवारीको इजलासमा
-
ओलाङचुङ्गोलामा सुक्खा बन्दरगाह निर्माणको प्रयास
-
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम
-
चितवनका सहरी क्षेत्रमा क्षयरोगी बढे