शिवशंकर हत्या प्रकरण : पत्नी सिर्जना पक्राउ
सोमबार, ११ चैत २०८१, १४ : २६

काठमाडौँ । महोत्तरीमा शिवशंकर महतोको हत्यामा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिर्जना महतो छिन् । शुक्रबार साँझ साढे ५ बजेतिर गौशाला नगरपालिका–८ मा रहेको सगरमाथा वन परियोजनाको जंगलमा शिवशंकर मृत भेटिएका थिए । शिवशंकर धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–८ दिगम्बुरपुरका स्थानिय हुन् ।
हत्यामा संलग्न आरोपमा मृतक पत्नी सिर्जनालाई पक्राउ गरिएको महोत्तरीका एसपी नकुल पोखरेलले रातोपाटीलाई बताए । उनले भने, ‘एकजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ ।’
जंगलमा रहेको रेलवे ट्रयाकबाट १ सय मिटर पर टाउकोमा खुकुरी प्रहार गरेर हत्यापछि जलाएको अवस्थामा उनको शव फेला परेको थियो । सनाखत गर्न नसकियोस भनेर आरोपीहरुले शव जलाएको हुनसक्ने अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाको प्रष्टीकरण– हामी सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध छौँ
-
राष्ट्र बैंकले बजारबाट ३० अर्ब रुपैयाँ उठाउँदै
-
कुलमान बर्खास्तीको नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा विरोध
-
स्पेनमा भारी वर्षा, जनजीवन प्रभावित
-
स्ववियु निर्वाचनको माग गर्दै ग्रामीण आदर्श बहुमुखी क्याम्पसमा नेविसंघको रिले अनसन
-
जिल्लाको आदेशविरुद्ध रविको रिट न्यायाधीश खडानन्द तिवारीको इजलासमा