बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

सल्यानमा जीप दुर्घटना, १७ जना घाइते

सोमबार, ११ चैत २०८१, १४ : २५
सोमबार, ११ चैत २०८१

सुर्खेत । सल्यानमा जीप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । 

सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिलेबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज १२१४ नम्बरको जीप सोमबार बिहान ११ बजेततिर दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जीपमा चालकसहित १८ जना सवार थिए । बे्रक फेल भएर गाडी सडकको भित्तामा ठोक्किएर सडकमै पल्टिएको थियो । 

घाइतेहरुको श्रीनगरस्थित शारदा मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताए । घाइतेहरुको अवस्था सामान्य रहेको र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप