भक्तपुरको निलबाराहीमा मृत भेटिएका पुरुषको हत्या भएको अनुसन्धान निष्कर्ष

काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित बोडेमा आइतबार बिहान ६६ वर्षीय पुरुष मृत भेटिए । बिहान पौने ६ बजेतिर निलबाराहीस्थित पिकनिक स्पटमा रगतपच्छे भएर मानिस लडेको देखेपछि स्थानीयले प्रहरीलाई सूचना दिएका थिए । मृतक खोटाङको कोपिलासगढी गाउँपालिका–२ घर भई हाल बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राई हुन् ।
मध्यपुर थिमि क्षेत्रमा कवाडी सङ्कलन गरेर गुजारा चलाउने राई बोडेमा आफ्ना छोरासँग बस्दै आएका थिए । छोरा पठाओ राइडर हुन् । निलबाराहीको पिकनिक स्पट नजिकैको भागमा उनको हत्या भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले सोमबार रातोपाटीसँग भने, ‘उहाँको हत्या भएको देखिन्छ, आरोपीहरूबारे अनुसन्धान गर्दैछौँ ।’
राईको टाउको र दाहिने कानको छेउमा चोट देखिएको छ । हत्यामा संलग्न आशङ्कामा प्रहरीले सशंकितहरुलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ । जङ्गल क्षेत्रमा सीसीटिभी नभएको हुनाले अनुसन्धान असहज भएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती सरकारलाई ३ महिनामा ६८ प्रतिशत बजेट खर्च गर्नुपर्ने दबाब
-
युएईका उपप्रधानमन्त्री राजधानीमा, द्विपक्षीय वार्ता आजै
-
सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
-
नारायणको बार आज कुन राशिलाई कति फलदायी ?
-
विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
-
स्थानीय र पश्चिमी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा हुनेछ वर्षा