फिल्डिङ गरिरहेका बंगलादेशी क्रिकेट टोलीका पूर्वकप्तान तामिम इकबाललाई हृदयाघात
सोमबार, ११ चैत २०८१, १३ : ४६

काठमाडौँ । बंगलादेशी क्रिकेट टोलीका पूर्वकप्तान तामिम ईकबाललाई हृदयाघात भएको छ । एक प्रतियोगिताका क्रममा उनलाई हृदयाघात भएको समाचारमा जनाइएको छ ।
खेलका क्रममा हृदयाघात भएपछि उनलाई तत्काल उपचारका लागि अस्पताल पुर्याइएको छ । हाल उनको उपचार भइरहेको समाचारमा जनाइएको छ । ढाका प्रिमियर लिग (डीपीएल) क्रिकेट खेल्ने क्रममा उनलाई हृदयाघात भएको हो ।
उनी डीपीएलमा मोहम्मदन स्पोर्टिङ क्लबको तर्फबाट खेलिरहेका थिए । शिनपुकुर क्रिकेट क्लबविरुद्धको खेलका क्रममा फिल्डिङ गरिरहँदा उनलाई हृदयाघात भएको हो ।
अस्पतालले उनको स्वास्थ्य अवस्थाको बारेमा हालसम्म केही बताएको छैन । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)का चिकित्सक देवाशिष चौधरीले पनि घटनाको पुष्टि गरेका छन् ।
उनले तामिक ईकबाललाई हेलिकप्टरमार्फत अस्पताल लगिएको जानकारी दिए ।