बुधबार, १३ चैत २०८१
ताजा लोकप्रिय

विवाहित छोरीसँग परपुरुष देखेपछि पहिला कुटपिट, पछि छोरी नै जिम्मा लगाएर पठाए एक पिताले

सोमबार, ११ चैत २०८१, १३ : ४५
सोमबार, ११ चैत २०८१

पटना । भारतको बिहार राज्यको मुजफ्फरपुरमा विवाहित छोरीसँग परपुरुष भेटेपछि एक पिताले सुरुमा कुटपिट गरेको तर पछि तिनै परपुरुषलाई छोरी जिम्मा लगाएको घटना प्रकाशमा आएको छ ।

उक्त घटना बरियारपुर थाना क्षेत्रमा पर्ने लक्ष्मीपुरमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय सचिन्द्र सिंहले आफ्नी विवाहित छोरीसँग परपुरुषलाई रङ्गेहात फेला पारेको बताइएको छ ।

सचिन्द्रकी छोरी फेन्सी विवाहित थिइन् । विवाहपछि पति सुस्त मनस्थितिको रहेको चाल पाएपछि फेन्सी आफ्नो माइतमै बस्दै आएकी थिइन् ।

मयंक नाम गरेका युवकले केही समयदेखि फेन्सीलाई मन पराउँदै आएका थिए । उनी बेलाबखत फेन्सीसँग भेट गर्न जान्थे । तर, गत शुक्रबार भने फेन्सीका पिताले उनीहरूलाई एकसाथ फेला पारेका थिए ।

हो–हल्ला गर्दै सचिन्द्रले गाउँलेलाई भेला पारे । भिडले मयंकलाई कुटपिट गरेको थियो ।

गाउँकै केही मानिसले उक्त घटनाबारे प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुग्दा फेन्सीको परिवार र गाउँलेले यस विषयमा सहमति भइसकेको भनेर प्रहरीलाई फर्काइदिए ।

त्यसपछि गाउँलेकै उपस्थितिमा सचिन्द्रले आफ्नी छोरी मयंकलाई सुम्पिए । गाउँमै हिन्दु परम्पराअनुसार दुवैको विवाह गरेर पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप